arrow

धमाधम उम्मेदवार छनोट गर्ने काम थाले सोलुखुम्बुका दलहरुले

logo
प्रकाशित २०७३ चैत १८ शुक्रबार
Solukhumbu-hamrakura.jpg.jpeg
सल्लेरी (सोलुखुम्बु) । वैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचनका लागि जिल्लास्थित दलले तयारीलाई तीव्रता दिएका छन् । निर्वाचन प्रयोजनका लागि क्रियाशील दलले पार्टीदेखि जनवर्गीय सङ्गठनको पुनर्गठन र गाउँपालिकाको संयोजक र सहसंयोजक तोक्ने काम धमाधम गरिरहेका छन् । नेपाली काँग्रेस सोलुखुम्बुले आन्तरिक तयारीलाई तीव्रता दिएको जिल्ला सभापति विनोद बस्नेतले बताए। 
 
“स्थानीय तहको निर्वाचन आफ्नो पक्षमा पार्न जिल्लादेखि गाउँगाउँसम्म निर्वाचन लक्षित कार्यक्रमलाई तीव्रता दिएका छौँ,” उनले भने । स्थानीय तहमा टिकट दिनेबारे पार्टीभित्र छलफल सुरु गरिएको उनले बताए। तर अहिले नै कुनै पनि दलले उम्मेदवारको टुङ्गो लगाइसकेका भने छैनन् । स्थानीय जनताको चाहनाअनुसार जनमत बढी भएका व्यक्तिलाई टिकट दिने गरी गृहकार्य भइरहेको नेकपा (एमाले) जिल्ला कमिटी सदस्य तथा प्रचारप्रसार प्रमुख वीरउदास श्रेष्ठले बताए। 
 
नयाँ संरचनाअनुसार पार्टी सङ्गठन विस्तारलाई तीव्रता दिइएको नेकपा (माओवादी केन्द्र) सोलुखुम्बुले जित सुनिश्चित गर्ने गरी उम्मेदवार छनोट गर्न छलफल भइरहेको जनाएको छ । भर्खर पार्टी सचिवालयको बैठक सम्पन्न गरेको केन्द्रले प्रारम्भिक चरणको छलफलपछि केही दिनमै उम्मेदवारको टुङ्गो लगाउने माओवादी केन्द्र सोलुखुम्बुका संयोजक हेमकुमार राईले बताए । 
 
एक नगरपालिकासहित आठ गाउँपालिका रहेको जिल्लामा स्थानीय तहको निर्वाचनमा भाग लिन ११ राजनीतिक दलले जिल्ला निर्वाचन कार्यालयमा दल दर्ता गराएका छन् । रासस 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ