arrow

पूर्ण खोप घोषणाको लहर बढ्दै

logo
प्रकाशित २०७२ पुष १४ मंगलबार
Bajura-hamrakura.jpg.jpeg.jpeg
प्रेम रौले, बाजुरा । जिल्लामा पछिल्लो समयमा खुला दिसामुक्त क्षेत्र घोषणा गरेसंगै अहिले पूर्ण खोप गाविस घोषणा गर्नेको लहर चलेको छ । बाजुरा जिल्लाका बालबालिकाहरुको खोप नपाएर विभिन्न किसिमका रोगहरु लाग्ने भएकाले अहिले बाजुरामा भने पूर्ण खोप घोषणा गर्नका लागि प्रत्येक गाविस आ–आफ्नो गाविसका जन्मे देखि २३ महिनाका बालबालिकाहरुको खोप लगाउन छुटेकाहरुको खोजी गरी खोप केन्द्रमा गई खोप लगाउन सुझाव सल्लाह दिदै आएको कैलाशमाण्डौ स्वास्थ्य चौकीका सिअहेव चिरञ्जीवी प्रसाद शाहले बताए । उनले अहिले जिल्लाका ३ वटा गाविस पूण खोपमुक्त घोषणा भइसकेकाले कैलाशमाण्डौ गाविसमा पनि खोप लगाउन छुटेका कम मात्रा भएकाले यसलाइ यसलाइ खोप लगाइ फागुन भित्र उनीहरुलाइ खोपबाट बञ्चित नगर्न भन्दै कार्यालयका कर्मचारीहरुलाइ परिचालन गर्ेको बताएका छन् । पूर्ण खोप घोषणा गर्नका लागि पहिले जन्मे देखि २३ महिनाका बालबालिकाहरुले खोप लगाएको छ छैनका बारेमा स्वयम सेविकाहरुलाइ परिचालन गरि पहिचान गर्ने र त्यसैका आधारमा उनीहरुलाइ खोप लगाउने प्रक्रिया अगाडी बढाउने गरेको शाहले बताएका छन् ।

 जिल्लामा अहिले सम्म कुल्देवमाण्डौ, कोल्टी र डोगडी गाविस पूर्ण खोपमुक्त घोषणा भइसकेको जिल्ला स्वास्थ्य कार्यालय बाजुराका कार्यालय प्रमुख मोहन नाथले बताएका छन् छन् । यसरी पूर्ण खोपमुक्त घोषणा गर्नका लागि अहिले कैलाशमाण्डौ गाविस लगायतका बडिमालिका नगरपालिका को कुनै वडालाइ पूर्ण खोपमुक्त घोषणा गर्ने लक्ष्य रहेको बताएका छन् । उनले अहिले जिल्लाका ११ गाविसहरु प्रक्रियागत रुपमा अगाडी बढी रहेको नाथले बताएका छ । उनले स्थानिय स्रोत साधनको उपयोगिता,पूर्ण खोप अभियान, हाम्रो प्रतिबद्धता भन्ने मुल नारा का साथ जिल्लालाइ आगामी वर्षमा पूर्ण खोप मुक्त घोषणा mगर्नुपर्न बताएका छन् । उनले पुर्ण खोपका लागि स्थानिय स्तरका गाविस राजनितिक दल,स्वयम सेविका,स्वास्थ्य व्यवस्थापन समिति लगायतको सहयोग हुनु जरुरी रहने गरेको बताएका छन् ।पूर्ण खोमुक्त घोषणाका लागि खोप पाएका बालबालिकाहरुको पहिचान गरी खोप कार्ड वितरण गर्नु पर्ने बताएका छन् । अहिले जिल्ला स्वास्थ्य कार्यालय बाजुराले भने पं्राविधिक सहयो मात्र नभइ अन्य सहयोग गर्दै आएको डाक्टर नाथले बताएका छन् । 

कैलाशमाण्डौ गाविसलाइ पूर्ण खोपमुक्त घोषणा गर्नका लागि पहिलो चरणको घरदैलो अभियान सुरु भएको छ शाहले बताए । गाविसको वडा नं १ देखि ९ सम्मका खोप लगाउन छुटेका बालबालिकाहरुको नामावली तयार पार्न लागेको अहेव सरिता थापाले बताएकी छन् । प्रत्येक वडामा रहेका बालबालिका र उनीहरुका अभिभावकको नामावली सहित उनीहरुलाइ खोप नलगाउनले हुन सक्ने खतरा र बालबालिकाहरुलाइ लाग्न सक्ने रोगका बारेमा दोस्रो चरण जानकारी गराउने बताएकी छन् । 
त्यसका साथै बालबालिकाहरुलाइ प्रत्येक महिनामा लगाइने खोप भन्दा पनि अन्य समयमा खोप लगाइने बताइन् । खोप लगाउन छुटेका बालबालिकाहरुलाइ खोप लगाउन अनिवार्यता गर्ने बताइन् । पूर्ण खोपमुक्त घोषणाका लागि केलशमाण्डौका गाविसलाइ सहयोका लागि अनुरोध गर्ने स्वास्थ्य चौकी इञ्चार्ज चिरञ्जीवी प्रसाद शाहले बताएका छन् । गाविसमा हुने गाउ परिषदमा यसका लागि बजेटको व्यवस्था गर्न माग गरिएको शाहले बताए । हरेक गाविसहरुलाइ पूर्ण खोपमुक्त घोषणा गर्नका लागि सबै राजनैतिक दलहरुको सहयोग रहदै  आएको नेपाली काँग्रेस कैलाशमाण्डौ गाउ कार्य समिति सभापति जुद्ध अयडी बताएका छन् ।  
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ