arrow

चुनाव बारे राष्ट्रपतिले लिइन‍् चासो

logo
प्रकाशित २०७३ चैत १९ शनिबार
Bidhya-Bhandari-naya-news.jpg.jpeg
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रमुख निर्वाचन आयुक्त अयोधिप्रसाद यादवलगायत आयुक्तसँग वैशाख ३१ का लागि तय गरिएको स्थानीय निर्वाचनको तयारीका बारेमा जानकारी लिएकी छन् । शीतलनिवासमा भएको परामर्शमा प्रमुख आयुक्त यादवले निर्वाचनको तयारीमा आयोग पूर्ण रूपमा लागेको अवगत गराएका थिए।
 
उनले आयोगको तयारी युद्धस्तरमा अघि बढेको ब्रिफिङ गरेको जानकारी शीतलनिवास स्रोतले दिएको छ । यादवको भनाइ उद्धृत गर्दै स्रोतले भन्यो, 'प्रदेश नं २ का ६ जिल्लामा मतदान केन्द्र निर्धारण गर्न कठिनाइ भए पनि ती जिल्लामा निर्वाचन केन्द्र छिटै तोकिनेछ ।'
 
राष्ट्रपति भण्डारीले संविधानले परिकल्पना गरेअनुरूप महिला र दलितको प्रतिनिधित्व सुनिश्चित गराउन सेचत रहन आयुक्तहरूलाई निर्देशन दिएको जानकारी उनका प्रवक्ता मोहनप्रसाद वाग्लेले दिए । (अन्नपूर्ण पोष्ट)



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ