arrow

साथीले ठगेपछि अस्पताल पुगे

logo
प्रेम रौले,
प्रकाशित २०७३ चैत १९ शनिबार
april-fool6.jpeg
बाजुरा।  एका विहानै बजारमा विभिन्न खालका चर्चा परिचर्चा गर्न थालेका थिए । खाना समय हुन थालेको थियो । आ आफ्ना साथीहरुसंग स्थानिय तहको चुनावको बारेमा चर्चा सुन्न पाइन्थ्यो । तर आज विहान भने त्यो कम मात्रामा सुन्नु पाइएको थियो । 
 
विहानको समयका आ आफ्नै काममा व्यस्त हुने जिल्ला बासी शनिबारको दिन परेकाले सबै कर्मचारीहरु सदरमुकाम प्रत्येक पसलमा बसेर फोन गर्दै विभिन्न बाहाना गर्दै भेट्न बोलाउने गरेका थिए । यदी कि विहान ६ बजे तिर मेरै सहकर्मीले मलाई फोन गरेर गाडी दुर्घटना भएको खवर सुनाउदै समाचार संकलन गर्न भन्नुभयो । तर मैले कुनै वास्ता गरिन । किन की आज विश्व मुर्ख दिवसको अवसर अर्थात अंग्रेजी वर्षको  अप्रिल महिनाको १ तारिख रहेको थियो । 
 
त्यही दिवस मनाउनका लागि मैले स्टेशन म्यानेजर हेमराज उपाध्यायलाइ गाडी दुर्घटना भएको खवर सुनाउदा उपाध्यायले आफ्नो सहकर्मी देवेन्द्रलाइ मार्तडी नजिकै रहेको बाउली खोलामा पुर्याएका थिए । तर त्यहा केही नभएको थाहा पाए पछि देवेन्द्रले आफ्ना हाकिमलाइ केही नभएको ठाउमा पठाउने भन्दै रिसाएका थिए । मलिलो स्वरमा उहाले देवेन्द्र जी आज त अप्रिल १ झुटा बोल्ने दिन हो भन्दै सम्झाउनु भएको थियो । 
 
म पनि विहानै बजारमा सामान किन्न गएको थिए । त्यही बेला एकाएक हतार हतारमा मालिका उमावि नजिकै बस्ने एक कर्मचारी हतार हतारमा जिल्ला स्वास्थ्य कार्यालयमा जादै देखे । सर नमस्कार मात्र भन्नुभयो । सधैं उभियर कुरा गर्ने कर्मचारी आज भने निकै हतारमा हुनुहुन्थ्यो । उहा हुनुहुन्थ्यो एकिकृत विकास समाज नेपाल कार्यक्रम जिल्ला संयोजक प्रेम प्रसाद खनाल  । उहाले सर मेरो एक जना साथी विरामी भएर जिल्ला अस्पतालको आकस्मिक कक्षमा भर्ना गर्नु भएको छ भन्नु भयो । 
 
 ए त्यसो भए को सर विरामी हुनुभयो । कसले फोन गर्नु भयो भन्दा । उहाले एक जना सरले गरेको भन्दै हतारमा फेरी जिल्ला अस्पतालमा जान थाल्नु भयो । मैले समातेर खनाल जी एक पटक मेरो कुरा सुन्नुहोस् भने । उहाले अलि विस्तार भन्नुभयो सर के हो । को विरामी भन्दा शिव सर विरामी प्रकाश विनाडी सरले फोन गरेको भन्नुभयो । अनि साचो होइन सर आज त अप्रिल फुल मनाउने दिन हो भन्दा खनालले हो है सर भन्दै कोठा फर्कनु भयो । 
 
त्यसैगरी विश्व शिक्षा नेपालका प्रकाश विनाडी पनि विहानै आफ्नै कर्मचारीबाट ठगिएका छन् । तालिममा आएका प्रशिक्षक विहानै नराम्रो घटना सुनेपछि बाजुराबाट फर्किन थाल्नु भयो भन्ने कुरा आएपछि नेपाल टेलिकम नजिकै रहेको बसपार्क पुगे विनाडीले भन्नुभयो । 
 
फोन गरेर कता हो सर भन्दा यतै होटलमा छु भन्दै ढाँटेको विनाडीले बताउनु भयो । आ आफ्नै साथी र सहकर्मीहरुबाट ठगिएपछि सबै जिल्लाका स्थानियहरु देखिन्छन् । कतिपयले त अप्रील मनाउनका लागि अप्रिय घटना समेत कल्पना गरेर सहकर्मी र हाकिम कर्मचारीहरुलाइ ठग्दै अप्रील मनाएका छन् । 
विश्व मुर्ख दिवसको अवसरमा देशमा शान्ति छाओस् शुभकामना । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ