arrow

राखेपले दियो माउन्टेन दौड संघका पदाधिकरिलाई प्रमाण पत्र

logo
प्रकाशित २०७३ चैत १९ शनिबार
sanjayssss.jpeg
काठमाडौं ।  राष्ट्रिय खेलकुद परिषदमा १८० औ संघको  रुपमा  दर्ता भएको नेपाल माउन्टेन दौड संघका सम्पूर्ण कार्यकारी सदस्यहरुलाई शनिबार प्रमाण पत्र प्रदान गरेको छ | बागबजारमा भएको कार्यकममा  रा .खे .प का सदस्य सचिब केशब कुमार बिष्टले नेपाल माउन्टेन दौड संघका अध्यक्ष संजय पण्डितका साथै कार्यसमितीलाइ प्रमाण पत्र बितरण गरे |
 
बिष्टले  संघका बरिष्ठ उपाध्यक्ष जित बहादुर के सी ,उपाध्यक्षहरु प्रनिर अधिकारी ,सम्पन्न श्रेष्ठ ,मधु घोरासैनी ,करन बिस्ट ,महासचिब मन बहादुर खत्री ,सचिब शिव कुमार पण्डित , सहसचिब  पदम लाल सापकोटा  ,सदस्य हरु केशव रायमाझी ,  गोबिन्द पण्डित ,रिखी राम पोख्रेल अनिश खड्का,मदन लुइँटेल  लगायत लाइ संयुक्त रुपमा प्रमाण पत्र हस्त्रारन्त्ररण गरे  | 
 
कार्यकममा  प्रमुख  अथिति बिष्टले संघले नेपालको हिमालय ,पर्वतीय अल्ट्रा ट्रेल दौडमा नया आयाम लिउने कुरामा आफ्नो विश्वास रहेको बताए । त्यस्तै  बिशिष्ट अथिति उपेन्द्र पौडेल आफ्नो तर्फबाट  जस्तो सुकै सहयोग गर्न पनि पछि नपर्ने बताए |



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ