arrow

तीन खानलाई एकै चलचित्रमा ल्याउने निर्माताले गरे प्रतिज्ञा

logo
प्रकाशित २०७३ चैत २० आइतबार
All-Khan-in-a-film.jpeg
एजेन्सी । बलिउडका चर्चित निर्देशक आशुतोष गोवारिकरले तीन सुपरस्टार कलाकारलाई लिएर चलचित्र बनाउने प्रतिज्ञा गरेका छन् । आशुतोष गोवारिकरले आफ्नो आउदो चलचित्रमा बलिउडका तीन खान शाहरुख, सलमान र आमिरलाई ल्याउने बताएका हुन् ।   सलमान खान, शाहरुख खान र आमिर खान अहिले सम्म एकै चलचित्रमा देखिएका छैनन् ।
 
 पछिल्लो समय एकै कलाकारलाई करोडौ रुपैया दिनु पर्ने देखिए पनि निर्देशकको हिम्मतलाई भने मान्नै पर्ने देखिन्छ । यदि बलिउडमा दबंग, किंग खान र मिस्टर परफेक्शनिस्ट एकै चलचित्रमा देखिए चलचित्रमा दर्शकको उपस्थिति भने पक्कै हुनेछ । 
 
 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ