arrow

बैशाख १ गतेदेखि उपत्यकामा अनावश्यक हर्न बजाउनेलाई ५ हजारसम्म जरिवाना हुने

logo
प्रकाशित २०७३ चैत २१ सोमबार
Kathamndu_road_traffic.jpeg
काठमाडौ । काठमाडौं उपत्यकाभित्र अनाव्श्यक हर्न बजाउन  बैषाख १ गतेबाट निषेध गरिएको छ । तर यो नियम आकस्मिक सेवाका साइरन जडित सवारी साधनलाई भने लागु हुने छैन ।
 
काठमाडौं महानगरपालिकाको अगुवाइममा आइतबार काठमाडौ, ललितपुर, भक्तपुरका प्रमुख जिल्ला अधिकारी तथा ट्राफिकका प्रमुख, सडकका लगायतका सरोकारवाला निकायको बैठकले उपत्यकाको चार भञ्याङ भित्र अनावश्यक हर्न निषेधित क्षेत्रका रुपमा परिणत गर्ने निर्णय गरेको काठमाडौ महानगरका प्रमुख  इश्वरराज पौडेलले जानकारी दिए । 
 
यो नियम नयाँ बर्ष बैसाख १ देखि लागु हुनेछ । अल्पज्ञान र छिटो दौड्ने नाममा हर्नलाई बजाउँदा काठमाडौ उपत्यककाको ध्वनी प्रदुषण अत्यधिक बढेकोले यो नियम लागु गरिएको उनले बताए । जाम हुदाँ समेत कतिपयले पछाडिबाट हर्न बनाएको कारण यात्रुले सास्ती ब्योहोर्नु परेको गुनासो बढेको थियो । 
 
अवको हप्ता दिन जानकारी दिन बिभिन्न प्रचारको काम गरिने समेत उनले बताए । इस्टिकर टासेर तथा अन्य बिभिन्न तरिकाले प्रचार गरेर यो हप्ता भरि बिभिन्न कार्यक्रम राखेर सबैलाई जानकारी दिने योजना सुनाए । 
 
हर्न बजाएमा सवारीलाई नियन्त्रणमा लिएर ट्राफिक प्रहरी र यातायात ब्यवस्था विभागले कडा कारवाही गर्ने बताएको छ । जस अन्तर्गत ५ हजार रुपैयाँसम्म जरिवाना गर्ने बताएको छ ।
 
यो नियम साइरन जडित आकस्मिक सवारी साधनहरु एम्बुलेन्स, सुरक्षाकर्मी, शव बाहन, दमकल लगायतको हकमा भने लागू हुनेछैन ।
 
अन्य सवासी साधनले भने दुर्घटनाको खतरा देखेमा तथा नखेखिने मोड आएमा मात्र हर्न बजाउन पाउने छुट दिइएको छ । 
यो ब्यवस्थाले काठमाडौ उपत्यकाको ध्वनी प्रदुषण घट्ने छ । साथै यो ब्यवस्थाले हर्न बनाएर सवारी साधन दौडाउने प्रबृति नियन्त्रण भइ दुर्घटना हुने जोखिमलाई न्युनिकरण गर्ने बताइएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ