arrow

हिसिला यमीलाई 'गिरफ्तार' गर भन्दै सामाजिक संजालबाट दवाब

logo
प्रकाशित २०७३ चैत २१ सोमबार
Hisila_Yami_Arrest.jpeg
काठमाडौं। नयाँ शक्तीकी नेतृ तथा भुतपुर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईकी श्रीमती हिसिला यमीले निर्वाचन आयोग घेर्न जाँदा पक्राउ परेपछि ट्रकमा 'यो देश खारेज गर' भन्ने नारा लगाको बिरुद्ध सामाजिक संजालहरुमा ' हसिलालाई गिराफ्तर गर' भन्ने अभियान चलेको छ। 
 
फेसबुक र ट्विटरमा 'भाईरल' भैरहेको यो अभियानमा-
  'यो देशलाई खारेज गर' -भन्दै नारा लगाउने हिसिला यमीलाई तत्काल गिरफ्तार गरेर देशद्रोहको मुद्दा चलाईयोस् !! #ArrestHisilaYami . यो ट्रेण्ड हावी भएको छ। 
 
सामाजिक संजाल प्रयोगकर्ताहरुमा नेपाली काँग्रेसका धनराज गुरुङ, मनिता घिमिरे , नेकपा एमालेकी शान्ता चौधरी, पुर्व नयाँ शक्तीका देव लिम्बु लगायत सरस्वती सुब्बाहरु रहेका छन्। 
 
प्रहरी हिरासतमा हिसिला यमीले लगाएको उक्त नारा प्रष्ट शुन्न सकिन्छ। कतिले उनको जिब्रो लर्बरिएर त्यस्तो भएको भनेर पनि प्रतिक्रिया दिईरहेका छन्। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ