arrow

विष्णु पौडेल अर्थ मन्त्री, अरु टुंगो लागेन

logo
प्रकाशित २०७६ वैशाख २५ बुधबार
687913773.jpeg
काठमाडौं । नेकपा एमालेले पार्टीका उपमहासचिव विष्णु पौडेललाई अर्थमन्त्रीका रुपमा आज मन्त्री पदको सपथ ग्रहण गराउने भएको छ । यसअघि रक्षा मन्त्रालयको समेत पद सम्हालिसकेका पौडेलको अर्थ मन्त्रालय नयाँ कार्यभार हो ।

प्रधानमन्त्री ओलीबाहेक अन्य शीर्ष नेता माधवकुमार नेपाल र झलनाथ खनालले आफ्ना तहका नेतालाई मन्त्री बनाउन व्यापक लबिङ गरिरहेक पनि अन्य मन्त्रीको नाम भने फाइनल भईसकेको छैन ।

स्रोतका अनुसार बरिष्ठ नेता नेपालले सोमप्रसाद पाण्डेलाई, झलनाथले सुरेन्द्र पाण्डेलाई मन्त्री बनाउन छलफल गरिरहेका छन् । यीबाहेक अष्टलक्ष्मी शाक्य, सत्यनारायण मण्डल, शेरधन राई, रविन्द्र अधिकरी, शेरबहादुर तामाङ, डम्बर तुम्बाहम्फे, दीपक कार्की, आनन्द पोखरेललगायतको नाममाथि छलफल चलिरहेको एमालेले जनाएको छ ।

एमालेले नयाँ अनुहारका रुपमा मञ्जु चौधरी, यज्ञराज सुनुवार, दामोदर भण्डारी, जनार्दन ढकाल, रामेश्वर फुयाल, प्रेमबहादुर आलेलाई राज्यमन्त्री बनाउने पनि तयारी गरिरहेको स्रोतले बतायो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ