arrow

रुसको सेन्ट पिटर्सवर्गमा विष्फोट हुदा कम्तीमा ११ जनाको मृत्यु, ४५ बढी घाइते

logo
प्रकाशित २०७३ चैत २२ मंगलबार
russia-attack.jpeg
सेन्ट पिटर्सवर्ग । रुसको दोस्रो ठूलो शहर सेन्ट पिटर्सवर्गमा सोमवार मेट्रो सिस्टममा भएको विष्फोटमा परी कम्तिमा ११ जनाको मृत्यु भएको छ । सेन्ट पेटर्सवर्ग महानगरले दिएको प्रारम्भिक भनाईमा रेलको एउटा डव्वामा शङ्कास्पद वस्तु देखिएको र सोही वस्तु विष्फोट हुनसक्ने बताइएको छ ।  
 
रुसको आतङ्कवाद विरोधी राष्ट्रिय समितिले सेन्ट पिटर्सबर्गमा भएको विष्फोटपछि यातायात क्षेत्रमा देशभर सुरक्षा व्यवस्था कडा पारिएको बताएको छ । 
 
रुसी समाचार संस्था तास र इन्टरफ्याक्सका अनुसार सोमबार स्थानीय समयअनुसार दिउँसो ३ बजेर ४० मिनेट जाँदा रेलभित्र विष्फोट गराइएको थियो । 
 
रुसी सुरक्षाकर्मीले एक विष्पोट नभएको विष्फोटक पदार्थसमेत सेन्ट पिटर्सवर्गकै अर्को एक रेल स्टेसनमा भेटिएको दावी गरेको छ । 
 
 
विष्फोट लगत्तै राजधानी मस्कोलगायतका स्थानमा सुरक्षा सतर्कता थप बढाइएको छ । 
 
रुसी सिनेटर भिक्टर अजेरोवले इन्टरफ्याक्ससँगको प्रतिक्रियामा झट्ट हेर्दा घटना आतङ्कवादी आक्रमण जस्तो देखिएको र यसबारे अनुसन्धानपछि विस्तृत विवरण बाहिर आउने बताए । 
 
यसैबीच राष्ट्रपति पुटिनले विष्फोटबारे प्रतिक्रिया दिँदै रुसी अधिकारीले घटना आतङ्कवादी आक्रमण थियो वा अन्य कुनै समस्या हो भन्ने विषयमा अनुसन्धान अघि बढाइएको बताएका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ