arrow

काँग्रेस प्रवासी नेपाली जनसम्पर्क युएईमा खेमराज

logo
प्रकाशित २०७३ चैत २२ मंगलबार
congress-UAE.png
दुबई । नेपाली कांग्रेसको प्रवासी संगठन नेपाली जनसम्पर्क समिति युएईको सभापतिमा खेमराज बस्नेत निर्वाचित भएका छन् । दुबईमा सम्पन्न तेस्रो अधिवेशनले बस्नेतको सभापतित्वमा ३१ सदस्यीय कार्यसमिति सर्बसम्मत रुपमा चयन गरेको हो ।
 
त्यस्तै बरिष्ठ  उपसभापतिमा भुवानीप्रसाद तिमिल्सिना तथा उपसभापतित्रयमा चन्द्रबहादुर सारु मगर, राजेन्द्र अधिकारी र सूर्यबहादुर बस्नेत निर्वाचित भएका छन् । 
 
महामन्त्रीमा कृष्णप्रसाद गौतम, सहमहामन्त्रीत्रयमा भुमिराज चालिसे, डिकबहादुर तामाङ र दामोदर पाण्डे निर्वाचित भएका छन् । कोषाध्यक्षको जिम्मेवारी मनिकुमार लामाले पाउँदा हरि खड्का प्रवक्ता तोकिएका छन् । 
 
सदस्यहरुमा नवराज विडारी, विमला सापकोटा, गोपाल कंडेल, शंकर घिमिरे, भिमकुमार अधिकारी, मिनप्रसाद भण्डारी, कृतिमान पुन, अमरबहादुर राना भाट, चित्रहाङ लिम्बु, राकेशकुमार जैसवाल, प्रकाश सुनार, रामकुमार परिवार, तोरणदत्त सुवेदी, नारायण भुर्तेल, रमेश श्रेष्ठ, दीपक खड्का, चित्रबहादुर नेपाली, राजु खड्का, निर्मलकुमार पोख्रेल र  ऋषि बस्याल चुनिएका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ