arrow

एमालेको घोषणापत्रमा चुनावी मूल एजेण्डा के हुन्छ ?

यसो भन्छन् भीम रावल

logo
प्रकाशित २०७३ चैत २२ मंगलबार
UML-new-aa.jpeg

काठमाडौं । प्रमुख विपक्षी दल एमालेले आसन्न स्थानीय तहको निर्वाचनमा पनि आफ्नो चुनावी मूल एजेण्डा राष्ट्रियता नै रहने जनाएको छ । एमाले उपाध्यक्ष एवं घोषणापत्र मस्यौदा समिति सदस्य भीम रावलले हाम्राकुरासँग भने, ‘यो मिति भन्दा पनि हामी छिटो भन्दा छिटो घोषणा पत्र तयार पार्छौ । काम धमाधम भइरहेको छ ।’

पार्टी उपाध्यक्ष बामदेव गौतमको संयोजकत्वमा बनेको समितिले राष्ट्रियता, राष्ट्रियहित, दिगो शान्ति, स्वाभीमान र राष्ट्रको सुरक्षालाई बढी जोड दिने रावलको भनाई छ । एमालेले कृषि, पर्यटन, ऊर्जा, औधोगिकरण, यातायात, वन वनस्पिति, खनिजको उपयोग गर्न महत्वपूर्ण एजेण्डाहरु पनि अघि सार्ने उनले बताए ।

उनले भने, ‘मैले छोटकरीमा भने, यी विषयहरुलाई योजनावद्ध र व्यवहारिक ढंगले उठान गरिन्छ ।’ मस्यौदा समितिमा पूर्व अर्थमन्त्री विष्णु पौडेल पनि छन् । यस्तै, उपाध्यक्ष अष्टलक्ष्मी शाक्य, सचिव प्रदीप ज्ञवाली, किरण गुरुङ, पूर्व समान्य प्रशासनमन्त्री लालबाबु पण्डित, संसदको विकास समिति सभापति रविन्द्र अधिकारी लगायत मस्यौदा समितिमा छन् ।  

एमालेले वैशाख १० गतेसम्म उम्मेदवार छनोट गरिसक्ने योजना समेत बनाएको छ । एमाले स्थायी समितिले वडा कमिटीहरूलाई चैत ३० गतेसम्म, गाउँपालिका, नगरपालिका, उपमहानगरपालिका र महानगरपालिका कमिटीलाई वैशाख ४ गतेसम्म उम्मेदवारको नाम सिफारिस गरिसक्न निर्देशन दिइसकेको उपाध्यक्ष रावलले बाताए ।

जिल्ला कमिटीलाई वैशाख ७ गतेसम्म र प्रदेश कमिटीहरूलाई वैशाख १० गतेसम्म उम्मेदवारको सिफारिस तथा निर्णय गरिसक्न निर्देशन दिइएको बताइएको छ । एमालेले स्थानीय तहमा टिकट पाउने उम्मेदवारले प्रदेश र संघीय संसद्को चुनावमा उठ्न नपाउने मापदण्ड समेत बनाएको छ ।

स्थायी समितिको सोमबारको बैठकले ३० चैतबाट छनोट सुरु गरी १२ वैशाखभित्र सबै उम्मेदवारको सूची सार्वजनिक गर्ने गरी प्रक्रिया अघि बढाउने निर्णय गरेको हो । यस्तै, महासचिव ईश्वर पोखरेलको संयोजकत्वमा स्थानीय तह निर्वाचन अनुगमन तथा समन्वय समिति गठन भएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ