arrow

यी अभिनेत्रीका कारण कमल हासनलाई श्रीमतीले दिइन् डिभोर्स

logo
प्रकाशित २०७३ चैत २२ मंगलबार
cover_1491232821.jpeg
एजेन्सी । सन् २००४ मा कमल हासन र सिमरनको सामिप्यता ले आहत भएर श्रीमती सारिकाले डिभोर्स दिएकी थिइन् । कमल आफु भन्दा २२ बर्ष कान्छी सिमरनसँग प्रेममा रहेका थिए  । 
 
सन् २००२ मा आएको तमिल चलचित्र 'पंचतंत्रम'मा सिमरनले कमल हासनसँग  काम गरेकी थिइन् । 
 
कमल-सिमरनको सम्बन्ध धेरै भने टिकेन । सिमरनले २ डिसेम्बर २००३ मा आफ्नो बाल्यकालको साथि दीपक बग्गासँग विवाह गरिन् । 
 
चलचित्र ‘तेरे मेरे सपने’ मा अरशद वारसीसँग काम गरेकी अभिनेत्री  सिमरन बग्गा आज ४१ बर्षकी भएकी छन् । ४ अप्रिल १९७६ मा जन्मिएकी  सिमरन पंजाबी परिवेशमा हुर्किएकी हुन् ।
 
 तमिल र तेलुगु चलचित्रको स्टार एक्ट्रेस सिमरनको बास्तविक नाम ऋषिबाला नवल हो। उनका दुई छोरा अधीप र आदित रहेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ