arrow

एमालेलाई प्रहार गर्न प्रचण्ड-देउवाको यस्तो रणनीति

मधेसी मोर्चालाई प्रस्ताव : आन्दोलन र चुनावी अभियान स‌ंगसँगै लानुस्

logo
प्रकाशित २०७३ चैत २२ मंगलबार
deuba-and-prachnd-ji-nya-news.jpeg

काठमाडौं । संविधान संशोधनविना स्थानीय तहको निर्वाचनमा सहभागि नहुने बताइरहेको संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका एक नेताले सत्ताधारी काँग्रेस–माओवादीको भित्रि पोल खोलेका छन् । तपाईहरु आन्दोलनको एजेण्डा सँगै बोकेर चुनावमा जाने पक्का पक्कि नै भइसक्यो रे हो ? भन्ने प्रश्नको जवाफ दिँदै तमलोपाका उपाध्यक्षसमेत रहेका वृशेषचन्द्र लालले हाम्राकुरासँग भने, ‘त्यो प्रचण्ड जी र शेरबहादुर जी को कुरा होला । हामी निर्वाचन विथोल्ने तयारीका लागि जिल्ला दौडाहमा छौँ ।’ उहाँहरुले बुझ्दै हुनुहुन्छ चुनावी प्रचारमा हुनुहुन्छ ।

वार्ताका क्रममा आएको भित्रि प्रस्तावबारे कुरा गर्दै नेता लाले भनेका छन्, ‘उहाँहरुले हामीलाई जनतालाई सहमति भयो भन्ने एउटा भ्रम पारौँ र तपाईहरु आन्दोलनको एजेण्डा सँगै बोकेर निर्वाचनमा आउनुस् एमालेविरुद्ध लागौँ भन्ने प्रस्ताव राख्नु भो । हामीले संविधान संशोधन गरेपछि मात्रै चुनावमा आउँछौँ भन्यौँ ।’

एमालेविरुद्ध भित्रिरुपमा ठूलो मोर्चाबन्दी गरेर निर्वाचनमा जाऔँ भन्ने उहाँहरुको प्रस्ताव हो, नेता लालले अगाडि भने, ‘जनतालाई सहमति भयो भन्ने भ्रम पारेर जबरजस्ती चुनावमा जाऔँ । एमाले मानिरहेको छैन चुनावमा आउनै पर्दछ भन्ने उहाँहरुको भनाई हो ।’ हामीले भन्यौ–चुनाव भएपछि संविधान संशोधन नहुने पक्का हो ।
अरु के–के प्रस्ताव थिए ?
उहाँहरुले चार वटा प्रस्ताव राख्नु भएको थियो, उपाध्यक्ष लालले भने, ‘संविधान धारा ३७४ संशोधन गर्ने, सीमाङ्कन बाहेक अन्य विषय पुरा गर्ने प्रस्ताव पनि राख्नु भयो । सिमाङ्कनको विषय शक्तिशाली आयोगबाट टुंगो लगाउने विषयमा कुरा भए एमाले पनि मान्छ नत्र मान्दैन भनियो ।’ जनसंख्याको आधारमा स्थानीय तहको संख्या राख्ने र प्रदेश मातहत स्थानीय तह राख्नेसम्मको प्रस्ताव पनि गर्नु भयो ।

सहमति भयो भनेर बाहिर हल्ला मात्रै गर्नु भो, उनले भने, ‘काम गर्नु भएन । आफैले राखेका प्रस्तावमा पनि उहाँहरुले सहमति जुटाउनु भएन । भन्नुहुन्छ एमाले मान्दैन । उहाँहरु एमालेको नीतिमा चल्ने हो र ? ’

साँच्चै तपाईहरु जिल्लाम के गरिरहनु भाछ
आफु सिरहा, सप्तरी, महोत्तरी, धनुषा पुरै घुमेको बताउँदै नेता लालले भने, ‘हाम्रो अध्यक्ष जी पनि जिल्लातिरै हुनुुहन्छ । वुधबार महोत्तरी आउने कार्यक्रम छ । म पनि जाँदै छु । हामीहरु अहिले संविधान संशोधन नगरी निर्वाचन गराउने सरकारको योजनाबारे बस्तुस्थिति जनतालाई बुताउँदै छौँ । चुनाव कसरी विथोल्ने भन्ने तयारी गरिरहेका हौँ ।’
आन्दोलनका एजेण्डाहरु सँगै लगेर चुनाव आउनेतिर कुरा अघि बढिसक्यो : सापकोटा
सत्ताधारी माओवादी केन्द्रका नेता अग्निप्रसाद सापकोटाले भने संयुक्त लोकतानित्रक मधेसी मोर्चा आन्दोलनका कार्यक्रम सँगसँगै लिएर चुनावमा आउन तयार भइसकेको बताएका छन् ।

उनले ठोकुवाका साथ भने, ‘आन्दोलन र चुनावलाई सँगै लिएर चुनावमा आउनेतिर कुरा अघि बढिसक्यो ।’ उहाँहरुले संविधान संशोधनविना चुनावमा गइदैन, चुनाव विथोल्ने भनिरहनु भा छ, आउने आधार के ? जवाफमा सापकोटाले भने, ‘बाहिर उहाँरुले भनिरहनु हुन्छ । म भित्रि कुरा भनौँ–‘‘सम्झौता भयो र माग पूरा भयो’’ भनेर उहाँहरुले चुवाव भइसकेपछि पनि भन्नु हुने छैन । आन्दोलनको एजेण्डालिएर निर्वाचनमा आउनुहुन्छ ।’ अहिलेसम्म जे जति गरिएको छ त्यस अनुरुप निर्वाचन हुने पक्का हो । उहाँहरु सहभागि बन्नुहुन्छ ।

तमलोपाका नेता लाल र माओवादी नेता सापकोटाको भनाईले सत्ताधारीहरु मधेस केन्द्रीत दललाई लिएरै जाने रणनीतिमा छन् । सोही रणनीति अनुसार काँग्रेस केन्द्रीय समितिले समेत मधेस केन्द्रीत दललाई निर्वाचनमा ल्याउनै पर्ने निर्णय गरेको बताइँदैछ । यसै सन्दर्भलाई लिएर केही दिनअघि एमाले अध्यक्ष ओलीले काँग्रेसको कडा आदोचना गर्दै एमालेविरुद्ध मोर्चाबन्दी भइरहेको आरोप लगाएका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ