arrow

मध्यरातमा मन्त्रीले खाल्डो देखेपछि कडा निर्देशन, तत्कालै पुरियो खाल्डो

logo
प्रकाशित २०७३ चैत २३ बुधबार
mantri_shahi_Nirdesan.jpeg
काठमाडौँ । खानेपानी तथा सरसफार्इमन्त्री जीवनबहादुर शाहीको निर्देशनमा मध्यरातमा मेलम्ची खानेपानीको पाइप बिछ्याउन खनिएको सडकको खाल्डो पुरिएको छ । मेलम्चीको पाइप गाड्न सडकमा खनिएको खाल्डोमा सवारी साधन खस्ने गरेको जनगुनासो व्यापक मात्रामा आउन थालेपछि मन्त्री शाही अनुगमनका लागि मध्य रातसम्म सडकमा पुगेका हुन् ।
 
मन्त्री शाहीले अनुगमनका क्रममा सडकमा खाल्डो देखेपछि मध्यरातमै पुर्न निर्देशन दिए | मन्त्री शाहीले निर्देशन दिंदै भने,"पाइप बिछ्याउनका लागि सडकमा खनिएको खाल्डाहरु तत्कालै पुर्ने व्यबस्था गर्नुस् ।  जनतालाई सास्ती हुने अवस्था आउँन दिन हुँदैन । रातभरी काम गरिरहनु भएको छ । उज्यालो हुँदा जनताले सडकमा खाल्डो छ भन्ने थाहा नपाउन । खाल्डोमा सवारी साधन खस्यो भन्ने समाचार सुन्ने अवस्था नआओस् । "
 
उनले विकास गर्दा केही समस्या आउने भन्दै जनताको गुनासो र समस्यालाई पनि बुझेर अघि बढ्नु पर्ने बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ