arrow

दुई चरणमा भएपनि निर्वाचन हुन्छ : निधि

logo
प्रकाशित २०७३ चैत २३ बुधबार
nidhi_congress_meeting.jpeg
काठमाडौं । उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिले दुई चरण गरेर भएपनि स्थानीय तहको निर्वाचन गरेरै छाड्ने बताएका छन् । बुधबार राजधानीमा आयोजित पेशागत बुद्धिजीवी तथा कार्यकर्ताहरुसँगको भेटलाई सम्बोधन गर्दै गृहमन्त्री निधिले सकेसम्म एकै चरणमा र नभए दुई चरण गरेर भएपनि तराईमा समेत निर्वाचन गरेरै छाड्ने प्रतिवद्धता व्यक्त गरेका हुन् । 
 
असन्तुष्ट मधेशी मोर्चाका नेताहरुसँग दुई चरण गरेर निर्वाचन गर्ने विकल्पमा छलफल भईरहेको बताउँदै गृहमन्त्री निधिले असन्तुष्ट मधेशी मोर्चाका नेताहरुलाई चित्त बुझाएर दोस्रो चरणको निर्वाचन पछि गरिएपनि पहिलो चरणको निर्वाचन भने सरकारले तोकेको मिति बैशाख ३१ गते नै हुने स्पष्ट पारे ।
 
स्रोतका अनुसार मधेशी मोर्चालाई राजनीतिक सहमतीबाट निर्वाचनमा संलग्न गराउने विषयमा सत्तारुढ काँग्रेस र नेकपा माओबादी केन्द्रले पनि राजनीतिक सहमतीबाट मधेशी मोर्चालाई निर्वाचनमा सहभागी गराउने गृहकार्य भईरहेको छ । 
 
निधिले सकेसम्म मधेशी मोर्चालाई पनि पहिलो चरणमा नै सहभागी गराउने र नभए दोस्रो चरणको निर्वाचनको मिति घोषणा गरेर भएपनि मधेशी मोर्चालाई लिएर नै निर्वाचनमा जाने तयारी भईरहेको जानकारी दिए । प्रधानमन्त्री पुष्पकमल दाहाल र काँग्रेस सभापति शेरबहादुर देउवाबीच पनि यस विषयमा छलफल भईरहेको देउवानिकट स्रोतले जानकारी दियो । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ