arrow

दुरुपयोगको हदः संसदका गाडी जन्ती मलामी बोक्नमै व्यस्त

logo
प्रकाशित २०७३ चैत २४ बिहिबार
samsad.jpeg
काठमाडौं । व्यवस्थापिका संसद सचिवालयमा रहेका २२ वटा सवारीसाधनलाई नेता तथा कर्मचारीहरुले व्यापक दुरुपयोग गरेको पाइएको छ । 
 
सचिवालयमा पुलका रुपमा राखिएका २२ वटा सवारीसधान नेता र कर्मचारीहरुलाई छाड्न विमानस्थल, बसपार्क जानेदेखि जन्ती, मलामी, भोजदेखि कर्मचारीको घरमा तरकारी खरिदका लागि समेत प्रयोग गरिएको हो । 
 
संसदको सवारीसाधनलाई कर्मचारीले आफ्नो घरमा तरकारी खरिदका लागि समेत प्रयोग गर्दै आएको पाइएको छ । 
 
यसबारे कसैले पनि अनुगमन र नियन्त्रण गरेका छैनन् । 
 
सभामुख ओनसरी घर्ती मगरले यसबारे खासै महत्व दिएको पाइएको छैन ।
 
संसद सचिवालयभित्रै यसबारेमा व्यापध विरोध भएको छ । 
 
सरकारी सम्पत्ति यसरी दुरुपयोग भइरहँदा राष्ट्रको अर्थतन्त्रमा नकारात्मक असर पुग्ने हुँदा सचिवालयले यस्तो कार्यमा नियन्त्रण गर्नु पर्ने तल्लो तहका कर्मचारीहरु बताउँछन् । (राजधानी दैनिक)



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ