arrow

गृहमन्त्री निधि राजीनामा नै दिने मनस्थितिमा

logo
प्रकाशित २०७३ चैत २५ शुक्रबार
bimalendra-nidhi.jpeg

काठमाडौ । उपप्रधानमन्त्री तथा गृहमन्त्री विमलेन्द्र निधि अन्ततः राजीनामा नै दिने मनस्थितीमा पुगेका छन् । उनले सो विषयमा मन्त्रिपरिषद्मा काँग्रेसको तर्फबाट सहभागी हुने मन्त्री तथा पार्टीका निकटस्थ नेताह?सँग यस विषयमा परामर्श गरिरहेका छन् । मन्त्रिपरिषद्मा आफ्नो वरियताको विषयमा लामो समयसम्म विवाद चलिरहँदा पनि पार्टी सभापति शेर बहादुर देउवाको भूमिका सकारात्मक नदेखेपछि गृहमन्त्री निधिले बरु राजीनामा नै दिने मनस्थिती बनाएका हुन् । 

शुक्रबार बोलाईएको संसदीय समिति तथा केन्द्रीय समितिको बैठकमा समेत गृहमन्त्री निधिले केही नेताहरुलाई आफू राजीनामा दिने मनस्थितीमा रहेको बताएका थिए । जवाफमा मन्त्रीहरुले यस विषयमा पुनर्विचार गरेर मात्रै निर्णय लिन सुझाव दिएका थिए । 

अहिले मन्त्रिपरिषद्मा रहेका तीन उपप्रधानमन्त्रीहरु मध्ये कुन मन्त्रीको वरियता कुन् भन्ने विषयमा विवाद हुँदा लामो समयदेखि मन्त्रिपरिषद्को बैठक बस्न सकिरहेको छैन । विगतमा सत्तासाझेदार दलहरु मध्ये पनि संसद्को सबैभन्दा ठूलो दल नेपाली काँग्रेसका मन्त्रीहरुको नेतृत्व गरेर गएका विमलेन्द्र निधि पहिलो वरियताको उपप्रधानमन्त्री बनाईएको थियो । उनी संसद्मा प्रतिनिधित्व गर्ने दलहरुमध्ये सबैभन्दा ठूलो दलको तर्फबाट नेतृत्व गरेर आएकोले पनि उनलाई त्यतिबेला पहिलो वरियतामा राखिएको थियो । 

तर, तेस्रो उपप्रधानमन्त्रीका रुपमा केही साता अघिमात्रै मन्त्रिपरिषद्मा प्रवेश गरेका राप्रपा अध्यक्ष कमल थापालाई पहिलो वरियतामा राख्ने तयारी भएपछि यस विषयमा विवाद चर्किएर लामो समयदेखि मन्त्रिपरिषद् नै बस्न सकिरहेको छैन । 

यस विषयमा निधिले पार्टी वरिष्ठ नेता रामचन्द्र पौडेल र अन्य मन्त्रीह?सँग पनि कुराकानी गरेका थिए । गृहमन्त्री निधिले यस विषयमा पार्टी सभापतिले स्पष्ट धारणा नदेखाएकोले आफू समस्यामा परेको बताएका थिए । मन्त्री समेत रहेका एक काँग्रेस नेताले यो आफूहरुको तहभन्दा माथिल्लो तहको विषय रहेकोले यस बारेमा आफूहरुले केही कताउन नसकिने स्पष्ट पारे । 

यद्यपि आसन्न स्थानीय निर्वाचनको मुखैमा पार्टी सभापति शेर बहादुर देउवाले पार्टी भित्र नै आन्तरिक असन्तुष्टि चुलिने गरी यस विषयमा व्यवहार देखाउनुले पार्टीलाई नै कमजोर बनाउसक्ने धारणा समेत व्यक्त गरेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ