arrow

प्रचण्डले भने– मधेसी मोर्चा र एमाले दुवैलाई फकाउने शुत्र तयार भाे

logo
प्रकाशित २०७३ चैत २६ शनिबार
cm_prachnd_news.jpg

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले मधेसी मोर्चा र प्रमुख प्रतिपक्षी दल एमालेलाई स्वीकार्य हुने गरी सरकारले संविधानको अर्को संसोधन विधेयक ल्याउने बताएका छन् ।

रिपोर्टस क्लब नेपालको १९औ वार्षिकोत्सवको अवसरमा शनिबार राजधानीमा आयोजित कार्यक्रममा प्रधानमन्त्री दाहालले आफूले सबैलाई स्वीकार्य हुने गरी नयाँ संविधान संसोधन प्रस्ताव तयार पारेको सुनाए । एमाले र मोर्चालाई मान्य हुने शुत्र तयार भएको संकेत प्रधामन्त्री दाहालले गरेका छन् ।

संशोधन विधेयकलाई सबै असन्तुष्ट दलहरुले स्वीकार्ने विश्वास जिकिर गर्दै प्रधानमन्त्री दाहालले अब आउने नयाँ संशोधन प्रस्तावले संविधान कार्यान्वय सहज हुने विश्वास लिए ।

प्रधानमन्त्री दाहालले भने, ‘मधेसी मोर्चा, प्रमुख प्रतिपक्षी दल एमालेसहित सबै पक्षसंग पटक–पटक गरेका छलफल र वार्तामा आधारित भएर संविधानको अर्को संसोधन प्रस्ताव तयार पारिएको छ । त्यो राष्ट्रिय एकताको पक्षको दस्तावेज हुनेछ  ।’ असन्तुष्ट सबैका माग सम्बोधन गर्दै निर्वाचन मार्फत संविधान कार्यान्वयन गर्ने राष्ट्रिय संकल्पमै आफुहरुको ध्यान रहको प्रधानमन्त्री दाहालको भनाई छ ।

दृढताका साथ अघि बढे विश्व चकित पार्ने गरी विकास गर्न सम्भव रहेको उल्लेख गर्दै प्रधानमन्त्री दाहालले भने, ‘अहिले मुलुक कुल गार्हस्थ उत्पादन ६ प्रतिशत हाराहारीमा रहेको छ । विकासको कडि पत्ता लागेको छ । राजनीतिक स्थिरता कायम गर्दै कम्तिमा ५ वर्षका लागि स्थिर सरकार बनाउन सके विश्व चकित हुने गरि विकासको फड्को मार्न सकिन्छ ।’ असम्भव भन्ने केही छैन ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ