arrow

सागका लागि पुरुष कुस्ती खेलाडी छनोट

logo
प्रकाशित २०७२ पुष १४ मंगलबार
Sag-chhanot.jpg.jpeg
काठमाडौं । भारतमा हुने १२ औं दक्षिण एसियाली खेलकुद सागका लागि पुरुष कुस्ती खेलाडी छनोट भएका छन् । १२ औं दक्षिण एसियाली खेलकुद तयारी कार्यकारी समितिले संचालन गरेको राष्ट्रव्यापी खुला कुस्ती छनोट प्रतियोगिताको दोश्रो दिन मंगलबार आ–आफ्नो स्पर्धामा शीर्ष स्थान हात पार्ने ७ पुरुष खेलाडी छनोट भए । 
 
एक पुरुष खेलाडी अघिल्लो दिन नै छनोट भइसकेका छन् । एक सय २५ केजीमा नेपाल आर्मीका सत्येन्द्रप्रसाद यादव प्रतिद्वन्द्वी नपाएपछि स्वतः छनोट भए । महिलातर्फ ८ खेलाडी पहिलो दिन सोमबारै छनोट भइसकेका छन् । पुरुषको ५७ केजीमा पर्साका जयमंगल यादव पहिलो भए । उनले आर्मीका लोचन महतोलाई पराजित गरे । 
 
६१ केजीमा बाराका रामबाबु यादवले बाराकै प्रमालाल यादवलाई हराउदै पहिलो भए । ६५ केजीमा पर्साका सरोज यादव पहिलो भए । उनले फाइनलमा सिरहाका ज्ञानकुमार यादवलाई पाखा लगाए । ७० केजीमा आर्मीका वैजनाथ यादव छानिए । फाइनलमा वैजनाथले गोर्खाका नारायण थापा मगरको चुनौती समाप्त पारे ।
 
त्यस्तै ७४ केजीमा आर्मीका भेखराज पण्डित पहिलो भए । फाइनलमा उनले बाराका सन्देश पण्डितलाई निराश पारे । बाँकेका रमेश गोतामेलाई निर्णायक भिडन्तमा पन्छ्याउदै १० औं सागका रजतधारी बुनीलाल राउत अहिर ८६ केजीमा छनोट हुन सफल भए । ९७ केजीमा पर्साका सुमिर साह पहिलो भए । फाइनलमा उनले सिरहाका जितेन्द्रप्रसाद यादवलाई हराए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ