arrow

उत्कृष्ट नायक अवार्ड पाएसँगै अक्षय कुमार चर्चामा

logo
प्रकाशित २०७३ चैत २६ शनिबार
akshay-kumar-rustom-759-07042017032106-1000x0.jpg

एजेन्सी । बलिउडको सबैभन्दा प्रतिष्ठित पुरस्कार नेशनल फिल्म अवार्डमा अक्षय कुमारलाई उत्कष्ट नायकको उपाधि  दिएसँगै  सामाजिक सञ्जालमा उनको चर्चा सुरु भएको छ । अक्षयलाई चलचित्र  रुस्तमबाट   सो उपाधि दिइएको हो ।  अक्षय कुमारको यो २५ बर्ष लामो फिल्म करियरमा पहिलो अवार्ड हो । 

नेशनल फिल्म अवार्डको  घोषणासँगै अक्षय कुमारले 'शायद म नेशनल अवार्ड पाउन योग्य छैन ' भनेका थिए । त्यस्तै उनको  पत्नी ट्विंकलले 'म बुझ्न सकेको छैन म रुनु कि हास्नु' भनेकी छन् ।
 
केहि यस्तै प्रतिक्रिया हालै सामाजिक सञ्जालमा देखिएका छन् ।  अक्षयका फ्यानहरु सो निर्णयबाट खुशि देखिन्छन् भने केहि  अक्षयलाई ट्रोल गरिरहेका छन् । सामाजिक सञ्जालमा #best actor-akshay kumar ट्रेन्डनै  चलाइएको छ । 

केहि दर्शकहरु 'पिंक'को लागि अमिताभ बच्चनलाई नेशनल फिल्म अवार्ड नदिनुमा दुखि बनेका छन् ।त्यस्तै केहिले आमिर खानको 'दंगल' लाई सो अवार्ड दिनु पर्ने बताएका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ