arrow

बाबुरामबाट फुटेको नयाँ शक्तिले गर्‍यो कार्यविभाजन, कसलाई के पर्‍यो जिम्मेवारी ?

logo
प्रकाशित २०७३ चैत २७ आइतबार
new--sakti-nirmal--.jpg

काठमाडौ । बाबुराम भट्टराईको पार्टीबाट बाहिरिएकाहरुको नयाँ शक्ति नेपालले कार्यविभाजन गरेको छ । पार्टी संयोजक निर्मल भट्टराईको अध्यक्षतामा बसेको केन्द्रीय सचिवालय बैठकले प्रवक्ताको जिम्मेवारी हरिराम रिमाल, उपत्यका विशेष प्रदेशमा अशोक राज ढुङ्गेललाई जिम्मेवारी दिएको छ ।

यस्तै, बैठकले १ नम्बर प्रदेशमा  मुनिन्द्र बस्नेत, २ मा आदित्य झा, ३ मा कृष्ण भट्टराई र उमेश खनाल, ४ मा चन्द्रदेव ओझा, ५ मा माधव घिमिरे र ओम प्रकाश गुप्ता, ६ मा हरिलाल शर्मा, प्रदेश ७ मा मोहन बमलाई संयोजक तोकेको छ  ।

युवा समितिमा सुरज थापा र मिलन बोहरा, विद्यार्थीमा रमेश भण्डारी, महिला विभागमा विमला अर्याल, लक्षित वर्गमा रामराज मगराती, विदेश विभागमा दिपेश न्यौपाने, केपी गुप्ता र पदम अधिकारी, उपत्यका सम्पर्क विभागमा सुरज ध्वज थापा लाई जिम्मेवारी दिएको बताइएको छ ।

बैठकले निर्मल भट्टराई, हरिराम रिमाल, मुनिन्द्र बस्नेत, चन्द्रदेव ओझा, अशोक राज ढुङ्गेल, कृष्ण भट्टराई , राम राज मगराती , माधव घिमिरे, सुरज ध्वज थापा रहेको वार्ता समिति बनाएको छ । वार्ता समितिले एकिकरण हुन चाहने अन्य दलसँग छलफल गर्ने बताइएको छ । ७ नम्बर प्रदेशका संयोजक एवं पूर्व सांसद मोहन बमका अनुसार केही दलहरुसँग एकिकरणका लागि छलफल चलिरहेको छ ।  

उनले भने, ‘वार्ता समितिलाई मुद्दा मिल्ने राष्ट्रिय पार्टीसँग छलफल गरेर समायोजन, कार्यगत एकता वा त्यो सम्भव नभए कम्तिमा चुनावी तालमेल गरेर आफ्ना उम्मेद्वारलाई जित्ने वातावरण बनाउनेसम्मको अधिकार प्रत्यायोजन गरिएको छ ।’ लोकतान्त्रि पार्टीहरुसँग एकता हुँन्छ ।

उनले अगाडि भने, ‘यो लोकतान्त्रिक समाजवादी पार्टी हो । नयाँको पनि नयाँ शक्ति हो । विधानमा केही परिमार्जन गरेका छौँ । कार्यविधि उही हो । तर, पुरानो पार्टीको विचारलाई खास गरी हामीले निभाएका छौँ । हामीले विचार छोड्दैनौँ ।’ बाबुराम भट्टराईको कार्यशैलीप्रति संकेत गर्दै नेता बलमे अब नयाँ शक्तिको विचार हामीसँग मात्रै छ । पुरानोमा चरित्र छैन ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ