arrow

उपप्रधानमन्त्री निधि अब मन्त्रिपरिषद बैठकमै सहभागी नहुने 

logo
प्रकाशित २०७३ चैत २८ सोमबार
bimalendra_nidhi.jpeg

काठमाडौं । कमल थापालाई दोस्रो वरीयतामा राख्ने प्रधानमन्त्री पुष्पकमल दाहालको निर्णयप्रति असन्तुष्ट उपप्रधान एवं गृहमन्त्री विमलेन्द्र निधिले मन्त्रिपरिषद बैठकमा सहभागिता नजनाउने भएका छन् ।

प्रधानमन्त्रीपछिको वरीयता आफूले नपाए पद छाड्ने अभिव्यक्ति दिएका निधिलाई पार्टी सभापति शेरबहादुर देउवाले पद नछाड्न सुझाव दिएपछि ‘पद नछाड्ने तर मन्त्रिपरिषद बैठकमा सहभागी नहुने’ रणनीति अपनाउन लागेका हुन् ।

थापालाई मन्त्रिपरिषदमा दोस्रो वरीयता दिने प्रधानमन्त्रीको कदम स्वीकार नगर्ने निर्णयमा पुगेका निधिले थापा सहभागी हुने मन्त्रिपरिषद बैठकमा भाग नलिन यस्तो योजना बनाएको स्रोतले बतायो । (अन्नपूर्ण पोष्ट दैनिक)



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ