arrow

पत्रकार महासंघ जापानको अध्यक्षमा मोहन, बेलुकाजी पराजित 

logo
प्रकाशित २०७३ चैत २९ मंगलबार
japan-FNJ.jpg

टोकियो । नेपाल पत्रकार महासंघ शाखा जापानको तेस्रो अधिवेशन मोहन घलेको नेतृत्वमा नयाँ कार्यसमिति चयन गर्दै सकिएको छ । तेस्रो अधिवेशन महासंघका केन्द्रीय अध्यक्ष कार्यक्रमका प्रमुख अतिथि डा महेन्द्र बिष्टले उदघाटन गरेका थिए । 

नयाँ कार्यसमितिको अध्यक्षका लागि निर्वतमान उपाध्यक्ष बेलुकाजी थापा र सदस्य मोहन घलेको उम्मेदवारी मध्ये घलेलाई २५ मत र थापालाई १७ मत खसेको थियो पत्रकार महासंघ जापानमा ४६ पत्रकार मध्ये ४२ मत खसेको थियो । 

अधिवेशनले दुईवर्षे कार्यकालका लागि १३ सदस्यीय नयाँ कार्य समिति निर्वाचन गरेको छ ।

अध्यक्षमा मोहन घले, उपाध्यक्षद्धय पुर्ण चलाउने, बिनोद सापकोटा, सचिव ऋतुकुमार दुरा, सह–सचिव कुमार मोक्तान, कोषाध्यक्ष राजबिन थापा, सदस्यहरु मुक्ति सूबेदी, रमेश श्रीस मगर, निशान मगर, आनन्द कोईराला, शान्तकुमार पहरी, संगिता कुँवर, रबिन्द्र श्रेष्ठ निर्वाचित भएका छन् । 

सहमतिको प्रयास असफल भए पछि चुनाव भएको थियो । कार्यक्रममा बोल्दै अनलाईन पत्रकारितामा स्वयम पत्रकार जिम्मेवार भएर कलम चलाउन सुझाव दिदै प्रवासका पत्रकार पनि सिप ज्ञान क्षमताको बिकासले भोलि स्वदेशमा प्रशिक्षकको रुपमा हेर्न आतुर भएको बताएका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ