arrow

डिपीएल क्रिकेट: काठमाडौंद्वारा कन्चनपुर पराजित

logo
प्रकाशित २०७३ चैत २९ मंगलबार
DPL_Cricket_Dhangadhi_hamra.jpg

धनगढी। धनगढी प्रिमियर लिग (डिपीएल) क्रिकेट प्रतियोगितामा काठमाडौं गोल्डेनसले कन्चनपुर आईकोनिकलाई २४ रनले पराजित गरेको छ। काठमाडौंको यो पहिलो जीत हो भने कन्चनपुरको दोस्रो हार रहेको छ। 

टस जितेर पहिले ब्याटिङ गरेको काठमाडौंले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १ सय ४७ रन बनाएको थियो। काठमाडौंकालागि भुवन कार्कीले सार्वाधिक ३६ रन नट आउट बनाएका थिए। त्यसैगरि सुबेन्दु पाण्डेले १९ रनको योगदान गरेका थिए। कन्चनपुरका अविनास कर्नले ३ विकेट लिएाक थिए। 

जवाफमा ब्याटीङ गर्न ओर्लेको कन्चनपुर २० ओभरमा ९ विकेटको गुामउँदै १२३ रनमा समेटिएको थियो। कन्चनपुरका सागर पुनले ४० रन बानएका थिए भने हासिम अन्सारीले १८ रनको योगदान दिएका थिए। काठमाडौंकालागि बसन्त रेग्मी र सन्तोस भट्टले २-२ विेकट लिएका थिए। 

खेलका प्लेयर अफ दि म्याच काठमाडौंका भुवन कार्की घोषित भएका थिए। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ