arrow

मुस्ताङको प्रचार गर्न गीति एल्बम

logo
सन्तोष गौतम ।
प्रकाशित २०७३ चैत २९ मंगलबार
niraj-thakali-albumb.jpg

बेनी । मुस्ताङको प्रचारप्रसार गर्ने उद्देश्यले तयार पारिएको गीति एल्बम हाम्रो मुस्ताङको मंगलबार बिमोचन भएको छ । थकाली समुदायको उद्गम स्थल मानिने घरपझोङ गाउँपालीका ५ ठिनीमा सुरु भएको १२ वर्षे मेलाको अवसरमा सांसद श्रीमाया थकालीले एल्बमको बिमोचन गरिन । 

सात वटा गित रहेको एल्बममा समावेश भएका तीन वटा गित मुस्ताङसँग सम्बन्धित छन् ।  चलचित्र निर्माता बादल थकाली र सञ्चारकर्मी निरज थकालीको सो एल्बमका गीतमा टिका प्रसाई, कृष्ण काफ्ले, रेश्मा पुन, लेखराज गुरुङ, राजेश पायल राईको स्वर रहेको छ । मिलन मोत्तानको संगित र विपीन किरन गीतकार रहेको गीतमा मुस्ताङको पर्यटकीय, धार्मीक स्थल, कला, संस्कृतीको उजागर गर्नुका साथै कोरला नाका खोल्नलाई आव्हान गरिएको छ।  

 गीतको माध्यमबाट आन्तरीक पर्यटन प्रर्वद्धन गर्ने लक्ष्य रहेको निर्माता निरज थकालीले बताए । गीतको छिट्टै म्युजीक भिडीयो समेत तयार पार्ने उनले जानकारी दिए । ठिनी गाउँ समाजले आयोजना गरेको मेलाको उद्घाटन गर्दै सांसद थकालीले मुस्ताङको प्रचारप्रसार गरी आन्तरीक पर्यटक भित्र्याउन तथा कोरला नाका सञ्चालनमा ल्याउन दवाव पुग्ने बताइन। 

प्रत्येक १२ वर्षमा लाग्ने परम्परागत यो मेला १५ दिनसम्म चल्नेछ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ