arrow

प्रधानमन्त्री ओलीसहित अन्य मन्त्रीद्वारा सपथ

logo
प्रकाशित २०७६ वैशाख २५ बुधबार
213823070.jpeg
काठमाडौं । नवनिर्वाचित प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार दिउँसो राष्ट्रपति डा. रामवरण यादवबाट पद तथा गोपनियताको सपथ लिएका छन् । राष्ट्रपति कार्यालय शितल निवासमा आयोजित विशेष समारोहमा ओलीले ‘ईश्वरका नाममा’ नभई ‘जनताका नाममा’ सपथ लिएका हुन् ।

कार्यक्रममा राप्रपा नेपालका अध्यक्ष कमल थापा र मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदारले उपप्रधानमन्त्री तथा माओवादी नेता हरिबोल गजुरेल, र एमालेबाट अग्नी खरेल, सोमलाल सुवेदी र रामकुमार सुब्बाले पनि पद तथा गोपनियताको सपथ लिएका छन् ।

अहिले नवनिर्वाचित प्रधानमन्त्रीसँग संवैधानिक निकाय अन्य विशिष्ट व्यक्तिहरुबाट परिचयको कार्यक्रम भईरहेको छ । यो कार्यक्रम सकिएपछि चियापानको आयोजना हुनेछ ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ