arrow

महासङ्घको इतिहासमा पहिलोपटक महिला अध्यक्ष राणा

logo
प्रकाशित २०७३ चैत ३० बुधबार
bhawani-rana-fncci-president-2017.png

काठमाडौं। नेपाल उद्योग वाणिज्य महासङ्घको इतिहासमा पहिलोपटक अध्यक्ष पदमा महिला चुनिएका छन्।महासङ्घको ५१औँ वार्षिक साधारणसभाबाट वरिष्ठ उपाध्यक्ष भवानी राणा महासङ्घको नयाँ अध्यक्षमा चुनिएकि हुन्। महासङ्घको विधानको छैटौँ संशोधनबाट महासङ्घका वरिष्ठ उपाध्यक्ष नै स्वतः अध्यक्ष हुने प्रावधान रहेको छ। उनी रोलक्रममा महासङ्घको १८औँ अध्यक्ष हुनुहुन्छ।

 

महासङ्घको वरिष्ठ उपाध्यक्षमा शेखर गोल्छा, उपाध्यक्षहरु उद्योग वाणिज्य समूहमा प्रमोद श्रेष्ठ, वस्तुगत समूहमा उमेशलाल श्रेष्ठ, एसोसिएट समूहमा चन्द्रप्रसाद ढकाल निर्वाचित भएका छन्।  महासङ्घमा २०६२ सालमा प्रवेश गरेकि नवनियुक्त अध्यक्ष राणा विसं २०६४–६७ मा पहिलोपटक महिला कार्यकारिणी समिति सदस्यमा निर्वाचित भएर महासङ्घमा प्रवेश गरेकि थिइन्। उनीले महिला उद्यमी विकास समितिका सभापतिको जिम्मेवारी पनि सम्हालि सकेकिछिन्।

 

पर्यटन व्यवसायसँग सम्बद्ध राणाले बाँकेमा स्नेहा ग्रुप प्रालिको व्यवस्थापन निर्देशकको जिम्मेवारी सम्हाल्दै आएकिछिन्। साथै उनी स्नेहा कल्चरल इन्टरटेनमेन्ट प्रालिका निर्देशक, स्नेहा बिएण्डएस कोलाब्रेसन प्रालिका व्यवस्थापन निर्देशक, सार्क चेम्बर क्राफ्ट भिलेजका प्रवद्र्धक, पद्य क्रियशन प्रालिका निर्देशक र बागेश्वरी विकास बैंकका प्रवद्र्धक छिन्।

 

सेन्ट मेरिज स्कुलबाट विद्यालय शिक्षा लिएकी अध्यक्ष राणा उच्च शिक्षा भारतको लखनउ विश्वविद्यालयबाट राजनीतिक शास्त्रमा स्नातकोत्तर छिन्।उनी राणा प्रधानमन्त्रीको अध्यक्षतामा गठित लगानी बोर्डका सदस्य एवम् महिला उद्यमी महासङ्घ नेपालका अध्यक्षसमेत छिन्। रासस 

उद्योग वाणिज्य महासङ्घका निर्वाचित कार्यकारिणी समिति सदस्यहरु :

जिल्ला / नगर तर्फ (१८ सदस्य) :

उमेश डालमिया ९०

सुरकृष्ण वैद्य ८६

राजन श्रेष्ठ ८२

मनिशलाल श्रेष्ठ ८०

कृष्णप्रसाद शर्मा ७८

दिपक लम्साल ७८

कृष्ण श्रेष्ठ ७५

ध्रुवराज श्रेष्ठ भारी ७४

दिलसुन्दर श्रेठ ७२

निरक केसी ७१

किशोर कुमार आचार्य ६८

सुरेन्द्र कुमार श्रेष्ठ ६८

चन्द्रकान्त अधिकारी ६५

कृष्णप्रसाद श्रेष्ठ ७८

राजेन्द्र कुमार श्रेष्ठ ७३

राजकुमार न्यौपाने ६३

कल्यान जोशी ६१

देव कुमार श्रेष्ठ ५८

सुदर्शन कार्की ५८

वस्तुगत तर्फ (१४ सदस्य) :

अञ्जन श्रेष्ठ ७३

सन्दिपकुमार अग्रवाल ७१

प्रकाशसिंह कार्की ६१

सकुन्तलाल हिराचन ६१

शिवप्रसाद घिमिरे ५९

आकाश अधिकारी ५६

विनोद ढकाल ५५

तिलचन्द्र भट्टराई ५३

कमला श्रेष्ठ ५२

जयप्रकाश सिवाकोटी ५१

सुरेन्द्रकुमार श्रेष्ठ ५१

हेमराज ढकाल ५१

रविनकुमार श्रेष्ठ ५०

सुनिलगोपाल श्रेष्ठ ५०

प्रदेश तर्फ :

१. रोहित प्रसाई १३

२. गणेश प्रसाद लाठ निर्विरोध

३. कमलकृष्ण श्रेष्ठ १०

४. निर्माण कुमार श्रेष्ठ

५. भिम बहादुर थापा निर्विरोध

६. लंकमान रोका ७

७. प्रकाश बहादुर साउद

संस्थापकबाट 

अबिनास बोहरा

एसोसिएट तर्फ (१९ सदस्य) :

ओम राजभण्डारी ६९६

ज्ञानेन्द्रलाल प्रधान ५८९

अशोक कुमार तोदी ५८६

प्रबलजंग पाण्डे ५८६

गोपाल खनाल ५८५

सौरभ ज्योति ५८५

भरतराज आचार्य ५८४

विजयसिंह वैद्य ५८२

मंगलेश्वर श्रेष्ठ ५८२

आनन्द कुमार बगरिया ५५१

साहिल अग्रवाल ५४८

रन्जितराज आचार्य ५४६

सुनिलनारायण श्रेष्ठ ५४६

अशोक कुमार टेमनी ५४१

राजेश कुमार अग्रवाल ५३६

रामशरण थपलिया ५२९

ज्योत्सना श्रेष्ठ ४९६

कृष्ण दुलाल ४६०

मनिस अग्रवाल ४५८

द्धिराष्ट्रबाट :

अजय मुडभरी



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ