arrow

मधेसी मोर्चामा आवद्ध ६ दलबीच बैशाखभित्रै एकता हुँदै  

logo
प्रकाशित २०७३ चैत ३१ बिहिबार
Madhesi-morcha.jpg.jpeg

काठमाडौं । मधेसी मोर्चामा आवद्ध ७ मधेसवादी घटकमध्ये ६ दलबीच एकता हुने भएको छ ।

तमलोपा, सदभावना पार्टी, रामसपा, तमसपा, फोरम गणतान्त्रिक, नेपाल सदभावना पार्टीबीच सम्भवतः वैशाखभित्रै एकता हुनेछ । 

पार्टीको नाम, चुनाव चिन्ह, झन्डा, नेतृत्वको वरीयता, एकीकृत पार्टीको विधान र दस्तावेजबारे छलफल तिव्र भएको छ । 

संघीय समाजवादी फोरम भने एकता प्रक्रियामा सामेल नहुने भएको छ ।

तमलोपा अध्यक्ष महन्त ठाकुरले पार्टी एकताका लागि शीर्ष नेताहरूको समन्वयमा दोस्रो तहका नेताहरूबीच छलफल भइरहेको जनाए ।

एकता सम्बन्धी छलफल गर्न नेताहरु शुक्रबार ठाकुर निवासमा जुट्दैछन् । (कान्तिपुर दैनिक)



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ