arrow

आइपीएल क्रिकेटमा मुम्बई चम्कियो, हैदराबादमाथि ४ विकेटको जित

logo
प्रकाशित २०७३ चैत ३१ बिहिबार
mumbai-kurnal.jpg

मुम्बई । भारतमा भइरहेको आइपीएल क्रिकेटको दशौं खेलमा मुम्बई इन्डियन्स विजयी भएको छ । मुम्बईले डिफेन्डिङ च्याम्पियन सनराइजर्स हैदराबादलाई ४ विकेटले हराएको हो ।

सनराइजर्सले ८ विकेटको क्षतिमा १५८ रन बनायो । डेभिड वार्नरले ३४ बलमा ४९ रन तथा शिखर धवनले ४३ बलमा ४८ रन बनाए । जसप्रित बुमराहले ३ विकेट झारे ।

जवाफमा मुम्बईले १८.४ ओभरमै ६ विकेटको नोक्सानीमा विजयी चुनौती पुरा गर्न सफल भयो ।

नितिश रानाले ३६ बलमा ४५, पार्थिव पटेलले २४ बलमा ३९ तथा कु्रनाल पाण्डेयले २० बलमा ३७ रन बनायो । भुवेनश्वर कुमारले ३ विकेट झारे । बुमराह म्यान अफ द म्याच भए ।

बिहीबार पनि एउटामात्र खेल हुँदैछ । राति ८ः१५ मा कोलकाता नाइट राइडर्सले किंगस इलाभेन पञ्जाबसंग खेल्नेछ । 

पञ्जाबमात्र अहिलेसम्मको अपराजित टिम हो । पञ्जाबले दुवै खेल जितेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ