arrow

कपिल शोमा सिद्धूले गरे अश्लील जोक

logo
प्रकाशित २०७३ चैत ३१ बिहिबार
sidhu-kapil_640x480_71444208746.jpg.jpeg

एजेन्सी । सुनील ग्रोवर गएपछि कपिल आफ्नो शो जोगाउन पुरै कोशिशमा रहेका छन् । त्यसका लागि उनि  भल्गर र दुई अर्थ लाग्ने जोक्सको सहयोग लिन पनि  पछि परेका छैनन् । सो बिषयलाई नवजोत सिंह सिद्धू पनि सपोर्ट गरेका छन्  । तर उक्त बिषयले सिद्धू कानूनी समस्यामा फसेका छन् ।  पंजाब तथा हरियाणा उच्च अदालतका  वकिल एचसी अरोडाले पहिले पनि उनि बिरुद्ध अदालतमा मुद्दा दायर गरेका थिए । तर अहिले भने अरोडाले पंजाब सरकारसँग सिद्धूको अश्लील जोक्स बन्द गराउन अपिल  गरेका छन् । 

 उनले  पंजाब चीफ सेक्रेटरी करण ए सिंहलाई दिएको उजुरीमा लेखेका छन्  , "शनिवार म राति ९ बजे देखि १०.१५ सम्म 'द कपिल शर्मा शो' हेरिरहेको थिए । कार्यक्रम कपिल शर्मा को कमेडि र नवजोत सिंह सिद्धूको भल्गर जोक्स र दुई अर्थ लाग्ने जोक्सको प्रयोग गरेका थिए । सो कार्यक्रमका समय म मेरो परिवारसँग थिए । कार्यक्रममा बोलिएका जोक्स सुनेर म परिवारसँग बस्न सकिन । '



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ