arrow

डिपीएल क्रिकेट: कम रन बनेको प्रतिस्पर्धामा कन्चनपुर बिजयी

logo
प्रकाशित २०७३ चैत ३१ बिहिबार
DPL_Cricket_Dhangadhi_hamra.jpg

धनगढी। कन्चनपुर आइकोनिकले धनगढी टिम चौराहालाई ११ रनले पराजित गरेको छ। कम स्कोरको खेलमा कन्चनपुरका बलरहरुले कसिलो बलिङ गर्दै आफ्नो टोलीलाई बिजय दिलाएका थिए। 

धनगढी प्रिमियर लिग टि-२० क्रिकेट प्रतियोगितामा कन्चनपुरले टस जितेर ब्याटीङ गर्दै निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १०५ रन बनाएको थियो। कन्चनपुरका सुनिल धमलाले सार्वाधिक ३९ रन बनाएका थिए भने सिद्दान्त लोहनीले २७ रनको योगदान गरेका थिए। 

कसिलो बलिङ गर्ने क्रममा धनगढिका आरिफ शेखले ४ ओभरमा १५ रन खर्चिंदै २ विकेट लिएका थिए भने सुसन भारीले ४ ओबरमा १४ रन खर्चेर १ विकेट हात पारेका थिए। त्यसैगरि रामनरेश गिरीले पनि २ विकेट लिएका थिए। 

जवाफमा ब्याटिङ गर्न ओर्लेको धनगढी १७.४ ओभरमा सबै विकेट गुमाउँदै ९४ रनमा समेटिएको थियो। भनगढीकालागि कप्तान पारस खड्काले २३ रन बनाएका थिए भने अनिल मण्डलले २२ रनको योगदान दिएका थिए। 

कन्चनपुरका अविनास कर्णले ३ ओभरमा १२ रन खर्चेर ३ विकेट लिएका थिए। त्यसैगरि ललित भण्डारी रचन्द्र सावदले २-२ विकेट लिएका थिए। चन्द्र सावदले ४ ओभरमा ११ रन ख्रचेर २ विकेट लिएका थिए। 

खेलको प्लेयर अफ म्याच अविनास कर्ण घोषित भएका थिए। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ