- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । स्वास्थ्य मन्त्रालयले प्रत्येक नेपालीको स्वास्थ्यलाई विशेष ध्यान दिंदै योजना अगाडि बढाएको छ । नयाँ वर्षको अवसर पारेर स्वास्थ्य मन्त्रालयले ‘‘मेरो वर्षः म स्वस्थ्य, मेरो देश स्वस्थ्य’ अभियान नै तय गरेर सबैलाई जागरुक हुन अपीलसमेत गरेको छ ।
‘म मेरो स्वास्थ्यप्रति जिम्मेवार छु’ भन्ने भावना जगाउन यो अभियानको थालनी गरेको मन्त्रालयले जनाएको छ ।
यो अभियानको एक कार्यक्रमका बीच प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राजधानीको दशरथ रंगशालामा उदघाटन गरे ।
उद्घाटन कार्यक्रममा स्वास्थ्यमन्त्री गगन थापासहित मन्त्रीहरु जनार्दन शर्मा, शंकर भण्डारी, तारामान गुरुङ लगायत सहभागी भए ।
त्यस्तै अभिनेत्री मनिषा कोइरालासमेत अभियानमा सरीक भएका छन् । मन्त्री, सचिव संगसंगै मनिषा कोइराला र डा कर्मवीर योगीले स्वास्थ्य प्रवद्र्धन गर्ने भएका छन् ।
उद्घाटनपछि अभियान बसन्तपुर पुगेको छ ।