arrow

आर्थिक समृद्धिको लागि पनि चुनाव अपरिहार्यः अध्यक्ष राणा

logo
प्रकाशित २०७४ वैशाख १ शुक्रबार
fncci-wining-candidate-2017.jpg

काठमाडौं। नवनिर्वाचित नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष भवानी राणाले आर्थिक समृद्धिको जग हाल्नको लागि पनि निर्वाचन आवश्यक रहेको बताएकीछिन्।


बिहीबार महासंघको नयाँ नेतृत्वलाई सामूहिक बधाई तथा सफलताको शुभकामना दिन आयोजना गरेको विशेष सम्मान कार्यक्रममा बोल्दै अध्यक्ष राणाले आर्थिक क्रान्तिको जग हाल्न र मुलुकलाई समृद्धिको यात्रामा अघि बढाउन निर्वाचन अपरिहार्य रहेको बताएकी हुन्। उनले नयाँ वर्ष ०७४ साल निर्वाचन र आर्थिक समृद्धिको वर्ष हुने समेत स्पष्ट पारिन्। 


राणाले आफ्नो नेतृत्वको उद्योग वाणिज्य महासंघले आर्थिक समृद्धिको लागि विशेष योजनासहित काम गर्ने बताउँदै भनिन्‘मुलुकले विकाससँगै यतिवेला समृद्धि चाहेको छ, विकासको विकल्प छैन, मेरो नेतृत्वको महासंघले सरकारसँगको सहकार्यमा आर्थिक समृद्धिका कामहरुलाई अघि बढाउँछौं।’


उनले मुलुकमा रोजगारी सिर्जना गर्ने र युवाहरुलाई विदेश पलायनबाट रोक्नको लागि पनि महासंघले काम गर्ने बतााईन्। राणाले युवाहरुलाई विदेश पलायनबाट रोक्नको लागि महासंघले देशको ७ वटै प्रदेशमा अन्तरक्रिया कार्यक्रम सञ्चालन गर्ने समेत योजना सुनाईन्। त्यस्तै उनले महासंघका अघिल्ला नेतृत्वहरुले अघि सारेका नीति तथा कार्यक्रमहरुलाई समेत आफूले निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरिन्। 


त्यस्तै उनले सम्बन्धित मन्त्रालयसँगको समन्वय तथा सहकार्यमा देशका विभिन्न ठाउँहरुमा स्मार्ट सिटी बनाउने प्रतिबद्धतता व्यक्त गरिन्। राणाले हरेक दुई देखि तीन महिनाको अवधिमा मिडियासँग अन्तरक्रिया तथा छलफल कार्यक्रम गरेर सल्लाह-सुझाव लिने समेत आफूहरुको योजना रहेको जानकारी दिईन्। 


महासंघ जस्तो गरिमामय संस्थाको अध्यक्ष हुन पाएकोमा आफू उत्साहित भएसँगै थप जिम्मेवारी समेत बोध भएको उनको भनाई थियो। उनले भनिन्,‘सबैको साथ र सहयोगले नै हाम्रो कार्यकाल सफल हुन्छ।’


त्यस्तै नवनिर्वाचति बरिष्ठ उपाध्यक्ष शेखर गोल्छाले महासंघले विकास निर्माणको कार्यलाई अघि बढाउने स्पष्ट पारेका छन्। उनले भने,‘देशमा विकासको खाँचो छ, हामी अब गाउँदेखि सहरसम्म विकासका एजेण्डाहरु लिएर यात्रा गर्नेर्छौं।’


चुनाव सम्पन्न भएलगत्तै महासंघमा कुनै गुट-उपगुट नरहेको जिकिर गर्दै गोल्छाले भने,‘महासंघमा कुनैपनि किसिमको गुट तथा उपगुट छैन, हामी एक ढिक्का भएर संस्थालाई अघि बढाउँछौं।’ त्यस्तै उनले महासंघको ईतिहासमा पहिलो पटक महिला नेतृत्व आएकोमा सबैले गौरव गर्नुपर्ने उल्लेख गर्दै अध्यक्षले अघि सारेका विकासका सपना र आर्थिक एजेण्डाहरुलाई सार्थक तथा कार्यान्व्यन गराउन पहलकदमी लिने विश्वास व्यक्त गरे। 


कार्यक्रममा जिल्ला नगर उपाध्यक्ष प्रमोद श्रेष्ठले जिल्ला तथा नगरका समस्याहरुलाई आफूले सँधै प्राथमिकतामा राखेर अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे। श्रेष्ठले प्रदेश तथा स्थानीय तहमा ऐनहरुमा भएका बाधा तथा व्यवधानहरुलाई हटाएर व्यवसायीहरुको नीति तथा कार्यक्रमहरु ल्याउन पहल गर्ने विश्वास दिलाए। 


त्यस्तै कार्यक्रममा एशोसियट उपाध्यक्ष चन्द्र ढकालले श्रमिक र व्यवसायीहरुवीचको सम्बन्धलाई सुधार गर्दै लैजानुपर्ने आवयश्कत्ता रहेको बताएका छन्। ढकालले श्रमिक र मालिकहरुवीच समुधुर सम्बन्ध नभए निजी क्षेत्रको लगानीको सुनिश्चितता नहुने स्पष्ट पारे। महासंघले उत्पादनमुलक क्षेत्रमा लगानीको संभावानहरु पहिचान गरि कार्ययोजनाहरु अघि सार्ने उनको भनाई थियो। त्यस्तै उनले महासंघको सचिवालयलाई चुस्त, दुरुस्त र परिणाममुखी बनाउन आफूले पहल गर्ने प्रतिबद्धता जनाए। 


कार्यक्रममा महासंघका कोषाध्यक्ष ज्ञानेन्द्र लाल प्रधानले महासंघको कोषलाई पारदर्शी बनाउने विश्वास दिलाए। उनले पनि अध्यक्ष राणाले परिकल्पना गरेको योजना अनुसार कोषको वृद्धिको लागि काम गर्ने बताए।

कार्यक्रममा तुलसीपुर उद्योग बाणिज्य संघका अध्यक्ष विमल रिजाल, सदस्य एवम् दानवीर दाता यज्ञबहादृर केसीलाई पनि क्लबले विशेष सम्मान गरेको थियो।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ