arrow

प्रजातन्त्रका योद्धालाई सहयोग गरेर नयाँ वर्षको शुरुवात

logo
प्रकाशित २०७४ वैशाख १ शुक्रबार
marshal-julum-shakya-haribol-pragati-jitjung.jpg

काठमाडौं । नेपाली प्रजातान्त्रिक आन्दोलनका अथक योद्धा मार्शल जुलुम शाक्यको उपचारका  लागि सहयोग गर्दै काँग्रेसका यूवा नेताहरुले नयाँ बर्षको शुरुवात गरेका छन् । नेपाली काँग्रेसका महासमिति सदस्य हरिबोल भण्डारी तरुण दलका अध्यक्ष जीतजंग बस्नेत र नेपाली काँग्रेस काठमाडौंका नेता प्रगतिमान रञ्जित सहितका यूवा नेताहरु शाक्यको घरमा नै पुगेर प्रजातान्त्रिक आन्दोलनका योद्धा मार्शल जुलुम शाक्यको उपचारका लागि सहयोग हस्तान्तरण गरेका हुन् । 

प्रजातन्त्रको मर्म बुझ्नेहरूले मात्र प्रजातान्त्रका लागि लड्ने योद्धाहरूको दुखमा साथ दिन्छ र सम्मान गर्न जान्छ भन्ने महासमिति सदस्य भण्डारीले देखाएको रञ्जितले बताए । प्रजातन्त्र पुनर्स्थापनाका लागि आफ्नो यौवन देश र जनताका लागि अर्पण गर्नु भएका शाक्यको स्वास्थ्य उपचारका लागि भण्डारीले रू६१ हजार १११ हस्तान्तरण गरेका हुन् । साथीहरुको सल्लाहमा जम्मा गरेको रकम हस्तान्तरण पछि उनले आवस्यक परे साथीहरूसँग सल्लाह गरी थप सहयोग गर्ने वचन पनि दिए । 

नेपाल तरूण दलका सभापति जीतजङ्ग बस्नेतले पनि पार्टीसँग सहयोगका लागि आवाज उठाउने प्रतिवद्धता गरेका थिए । शाक्यको उपचारका लागि सरकार तथा काँग्रेस नेतृत्वसँग काठमाडौं काँग्रेसका युवा नेता प्रगतिमान रञ्जित सहितका नेताहरु लागिपरेका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ