arrow

बालुवाटार छाड्दै कोइराला

logo
प्रकाशित २०७७ पुष १७ शुक्रबार
2009798962.jpeg
काठमाडौँ । नेपाली काँग्रेसका सभापति एवम् पूर्व प्रधानमन्त्री सुशील कोइरालाले सोमबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार छाड्ने भएका छन् ।

विसं २०७० माघ २७ गते मुलुकको ३७औँ प्रधानमन्त्री बनेपछि बालुवाटारमा बसोबास गर्दै आएका कोइराला आइतबार नेकपा ९एमाले० का अध्यक्ष केपी शर्मा ओली मुलुकको ३८औँ प्रधानमन्त्रीमा नियुक्त भएपछि बालुवाटार छाड्न लाागेका हुन् ।

सभापति कोइराला बालुवाटारबाट काँग्रेस नेता डा शशाङ्क कोइरालाको निवास महाराजगन्ज सर्ने उनको परिवारिक स्रोतले जनाएको छ । कोइराला प्रधानमन्त्री हुनु अगाडि महाराजगन्जस्थित एक घरमा भाडामा बस्दै आएका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ