arrow

काँग्रेस नेताहरुले नेतृत्वलाई भने–मधेसी मोर्चाविनाको चुनावको कल्पना नगर !

logo
प्रकाशित २०७४ वैशाख २ शनिबार
cong-news-aa.jpeg

काठमाडौं । सत्ता साझेदार नेपाली काँग्रेसका २ नम्बर प्रदेशबाट प्रतिनिधित्व गर्ने नेताहरुले मधेसी मोर्चालाई चुनावमा ल्याउन वार्ताको आह्वान गर्ने निर्णय गरेका छन् ।

पार्टी कार्यालयमा भएको २ नम्बर प्रदेशका सांसद, केन्द्रीय सदस्य र जिल्ला सहभापतिहरुको बैठकले संविधान संशोधनविना मधेसमा चुनाव सम्भव नभएकाले संविधान सर्वस्वीकार्य बनाएर मात्रै चुनावमा जानुपर्ने निष्कर्ष निकालेको हो ।

नेताहरुले मधेसी मोर्चाका माग पुरा नगरी चुनावमा जान कठिनाई भएको भन्दै सार्थक वार्ताका लागि पार्टी नेतृत्वलाई दबाब दिएका छन् । बैठकमा सहभागि काँग्रेस सांसद रामकृष्ण यादवले भने, ‘निर्वाचन सार्ने भन्ने विषय जिल्ला सभापतिहरुले उठाएका हुन् । त्यस विषयमा कुनै निर्णय भएको छैन । निर्णय एउटा मात्रै भएको हो । मोर्चालाई सार्थक वार्ताका लागि आह्वान गर्ने । निर्वाचनमा संगसँगै लैजाने ।’

काँग्रेस केन्द्रीय पार्टी कार्यालय सानेपामा भएको छलफलमा ६० भन्दा बढी नेताहरुले संयुक्त लोकतान्त्रिक मधेसी मोर्चालाई सहमतिमा लिन दबाब सिर्जना गरे । २ नम्बर प्रदेशबाट प्रतिनिधित्व गर्ने केन्द्रीय सदस्य, सांसद, जिल्ला सभापति तथा पार्टीका शीर्ष नेताबीच भएको छलफलमा सहभागीहरुले निर्वाचन एकै चरणमा गर्ने भए मोर्चा नेताहरुलाई ल्याउन संविधान संशोधन प्रस्ताव अघि बढाउनु पर्ने बताए ।

उनीहरुले पार्टी र राष्ट्र दुबैको हितका लागि मधेसी मोर्चालाई निर्वाचन सहभागी गराउनुको विकल्प नरहेको तर्क गरे । बैठकमा उनीहरुले मधेसी मोर्चा निर्वाचनमा आउने हो भने निर्वाचन जति चरणमा गरे पनि फरक नपर्ने धारणा पनि राखे ।

जिल्ला सभापतिहरुले मधेसी मोर्चाको माग सम्बोधन नभई निर्वाचनमा जान नहुने बताए । नेताहरुले मधेस विनाको निर्वाचनको परिकल्पना नगर्न पार्टी नेतृत्वलाई दबाब दिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ