arrow

परराष्ट्र मन्त्रालयमा एकै वर्ष २४ करोड रुपैयाँ अनियमितता

logo
प्रकाशित २०७४ वैशाख ३ आइतबार
foreign-affairs.jpg

काठमाडौं । परराष्ट्र मन्त्रालयमा वार्षिक करोडौं रूपैयाँ अनियमितता हुने गरेको छ । पारिवारिक तथा वैदेशिक भत्ता, औषधि उपचार खर्च लगायत शीर्षकमा परराष्ट्रमा एकै वर्ष करिब २४ करोड रुपैयाँ अनियमितता भएको देखिएको हो ।

महालेखा परीक्षकको कार्यालयले तयार पारेको आर्थिक वर्ष २०७२÷०७३ को प्रतिवेदनमा अनियमितता औंल्याइएको छ ।

महालेखा परीक्षक कार्यालयको ५४ औं वार्षिक प्रतिवेदनमा परराष्ट्र मन्त्रालय र मातहतका ३९ कार्यालयको उक्त आवको लेखा परीक्षण गर्दा ४१ करोड ४६ लाख ४७ हजार रुपैयाँ बेरुजु देखाइएको छ । 

बेरूजुमध्ये करिब २४ करोड अनियमितता भएको प्रतिवेदनमा उल्लेख छ ।

महालेखाले परराष्ट्रमा वैदेशिक भत्ता नाममा २ करोड ३ लाख, पारिवारिक भत्ता नाममा ५ करोड ४६ लाख, पासपोर्ट छपाईमा १ करोड ४६ लाख, स्वास्थ्य भत्तामा १४ करोड ९१ लाख, आर्थिक कुटनीति नाममा ५ लाख रुपैयाँ अनियमितता भएको देखाएको छ । (नागरिक दैनिक)



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ