arrow

इङलिश प्रिमियर लिगमा टोटनह्याम लयमा, चेल्सीलाई दबाब

चेल्सी र म्यानचेष्टर युनाइटेडबीच भिडन्त 

logo
प्रकाशित २०७४ वैशाख ३ आइतबार
tottenham-epl.jpg

काठमाडौं । इङलिश प्रिमियर लिग फुटबलमा दोस्रो स्थानको टोटनह्याम हटसपरले राम्रो प्रदर्शन गरेपछि चेल्सी दबाबमा आएको छ ।

टोटनह्यामले एएफसी बर्नमाउथलाई ४–० ले हरायो । देम्बेले, मिन सन, ह्यारी काने र भिन्सेन्ट जान्सेनले गोल गरे ।

यो जितपछि टोटनह्यामको ३२ खेलबाट ७१ अंक भएको छ भने चेल्सीको ३१ खेलबाट ७५ अंक छ । 

अन्य खेलमा म्यानचेष्टर सिटीले साउथह्याम्पटनलाई ३–० ले हरायो । सर्जियो अगुएरो, लोरी साने र भिन्सेन्ट कोम्पानीले १–१ गोल गरे ।

यो जितले म्यानचेष्टर सिटी ६४ अंकसहित तेस्रो स्थानमा आएको छ । त्यस्तै वाटफोर्टले स्वान्सीलाई १–० ले, स्टोकले हल सिटीलाई ३–१ ले, एभर्टनले बर्नलीलाई ३–१ ले हरायो ।

क्रिष्टल प्यालेस र लेस्टर सिटीले २–२ को तथा सन्डरल्याण्ड र वेष्टह्यामले २–२ को बराबरी खेलेका छन् । 

आइतबारको आपसी भिडन्त 
आइतबार चेल्सीको भिडन्त म्यानचेष्टर युनाइटेडसंग हुँदैछ । खेल राति ८ः४५ बजे हुँदैछ ।

म्यानचेष्टर युनाइटेडको मैदान ओल्ड ट्राफोर्डमा खेल हुँदै गर्दा सबैभन्दा बढी दबाब होजे मौरिन्होलाई हुनेछ ।

मौरिन्होले अहिले म्यानचेष्टर युनाइटेड सम्हाले पनि गत सिजन चेल्सीबाट निकालिएका थिए । 

साँझ ६ः१५ बजे वेष्ट ब्रोम र लिभरपुल खेल्ने कार्यक्रम छ । 

In creating the goal, Kane held off Cherries captain Simon Francis by positioning himself between the ball and the defender

Dutch striker Vincent Janssen wraps his foot around the ball in the dying moments to seal an emphatic 4-0 win for Tottenham

Janssen jogs off with joy painted across his face while behind him the Bournemouth players trudge away dejected

 

Familiar scenes for Jack Wilshire as the on-loan Arsenal man goes down with injury and cannot play on

Heung-min Son rattles home a low, near post effort through the legs of helpless Bournemouth goalkeeper Artur BorucJose Mourinho arrived at Manchester United's Lowry Hotel an hour ahead of his players

Talisman Zlatan Ibrahimovic arrives in conversation with young defender Eric Bailly

The Swedish striker has been identified as the main threat by Chelsea boss Antonio Conte

Luke Shaw, who has been the brunt of Jose Mourinho's criticism, turned up looking calm

Youngster Marcus Rashford was hot on his heels, bringing his belongings in a backpack



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ