arrow

चेल्सीमाथि म्यानचेष्टर युनाइटेड हावी, मौरिन्होलाई राहत, उपाधि दावेदारी खुल्ला

logo
प्रकाशित २०७४ वैशाख ४ सोमबार
manu-chelsea.jpg

ओल्ड ट्राफोर्ड । इङलिश प्रिमियर लिग फुटबलमा म्यानचेष्टर युनाइटेडले चेल्सीमाथि २–० को शानदार विजयी नतिजा निकालेको छ ।

घरेलु मैदान ओल्ड ट्राफोर्डमा आइतबार राति खेलेको म्यानचेष्टरले ७५,२७२ दर्शक सामु शानदार जित आत्मसात् गर्ने क्रममा चेल्सीलाई हराएको हो ।

खेलको ७ मिनेटमै मार्कस राशफोर्डले पहिलो गोल दिलाए । चेल्सीका लागि खेलाडीहरु गोल गर्नुको सट्टा डिएगो कोस्टा र गेरी काहिलले पहेंलो कार्ड खाए । 

४९ औं मिनेटमा एनदर हेरेराले गोल गरे । त्यसपछि दुवैतर्फ थप गोल भएन र म्यानचेष्टरले लिग तालिकाको शीर्ष स्थानमा रहेको चेल्सीमाथि रबाफ देखायो । 

यो जितले सबैभन्दा ठूलो राहत म्यानचेष्टर युनाइटेड प्रशिक्षक होजे मौरिन्होलाई दिएको छ ।

लास्ट सिजन चेल्सीबाटै बर्खास्तीमा परेका मौरिन्होलाई चेल्सीमाथि जित निकाल्नु पक्कै पनि आनन्दको विषय हो । 
यो जितपछि पनि म्यानचेष्टर युनाइटेडको उपाधिको आशा कमै भए पनि दावेदारी भने खुल्ला भएको छ । 
अंकतालिका अनुसार ३२ खेलबाट चेल्सीको ७५ अंक छ भने टोटनह्याम हटसपरको ७१ अंक छ । त्यस्तै एक खेल बढी खेलेको लिभरपुलको ६६ अंक छ ।

लिभरपुलले आइतबारको खेलमा वेष्टब्रोमलाई १–० ले हरायो । म्यानचेष्टर सिटीको ६४ तथा एक खेल कम खेलेको म्यानचेष्टर युनाइटेडको ६० अंक भएको छ ।  
There was more than a hint of controversy about the opening, as Ander Herrera appeared to break play up with his hand

Spaniard Herrera provided the first but scored United's second, as he slammed the ball into the back of the Chelsea net

Herrera slides on his knees in front of the home supporters after doubling his side's lead against the league leaders

Defeat to United gave Conte a lot to ponder, with the result seeing Chelsea unable to stretch their lead at the top of the table

Mourinho named an unusual-looking United side for the game, with Ashley Young leading the Red Devils out as captain



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ