arrow

चुनावमा बालबालिकाको प्रयोग रोक्न खवरदारी, समिति बनाइ निगरानी 

logo
प्रकाशित २०७४ वैशाख ४ सोमबार
child-politics.jpg

इलाम । आगामी स्थानीय तहको निर्वाचनमा बालबालिकाको प्रयोग निस्तेज पार्ने उद्देश्यले विद्यालय शान्ति क्षेत्र राष्ट्रिय अभियान जिल्ला समिति इलाम गठन गरिएको छ । 

स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा निर्वाचनमा बालबालिकाको प्रयोगमा राजनीतिक दललाई सचेत गराउने उद्देश्यले बालबालिकाको क्षेत्रमा कार्यरत विभिन्न सङ्घसंस्थाको अगुवाइमा समिति गठन गरिएको हो । 

मानव अधिकार सञ्जाल तथा शान्ति कार्य समूह प्याग नेपालका कार्यक्रम निर्देशक प्रकाश अधिकारीको संयोजकत्वमा १३ सदस्यीय जिल्ला समिति गठन गरिएको हो । 

समितिको सदस्यमा करुणा फाउन्डेसनका व्यवस्थापक अजित योञ्जन, मानव अधिकार मञ्चका योगराज सापकोटा, इन्सेकका सुरेश पोर्तेल, नामसालिङ सामुदायिक विकास केन्द्रका अमर देवान, सुनगाभा विकास संस्थाका दुर्गादेवी फुयाँल र गैसस महासङ्घका शशीदेवी घिमिरे रहेका छन् । 

त्यस्तै जिल्ला बाल सञ्जालका अध्यक्ष प्रवेश रिजाल, महिला कल्याण समाजका पशुपति भट्टराई, पत्रकार कोकिला ढकाल र ख्याम भुजेल, प्यागका भीम सङ्गम कार्की र अपाङ्ग महासङ्घका सचिव हेमराज अधिकारी रहेका छन् । 

समितिले निर्वाचनमा बालबालिकाको प्रयोग, विद्यालयमा चुनावी कार्यक्रम आयोजना र अपाङ्गतामैत्री मतदान केन्द्रका विषयमा निगरानी गर्ने जनाइएको छ । 

समितिले निगरानी गर्नुअघि जिल्लास्थित राजनीतिक दल र जिल्ला निर्वाचन कार्यालयलाई सचेत गराउँदै ध्यानाकर्षणपत्र दिने संयोजक अधिकारीले जानकारी दिए । रासस 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ