arrow

डिपीएल क्रिकेटको पहिलो चरणको अन्तिम भिडन्तमा रुपन्देही र धनगढी मैदानमा

प्लेअफ पुग्ने एक टिमको टुंगो लाग्दै

logo
प्रकाशित २०७४ वैशाख ४ सोमबार
dpl-rupendehi-dhangadi.jpg

धनगढी । धनगढीमा भइरहेको धनगढी प्रिमियर लिग डिपीएल टी–२० क्रिकेटको लिग चरणको अन्तिम खेलमा अहिले रुपन्देही च्यालेन्जर्स र धनगढी टिम चौराह भिडिरहेका छन् ।

खेलमा रुपन्देहीले टस जितेर ब्याटिङ गरिरहेको छ । यो खेलबाटै प्लेअफमा पुग्ने एक टिमको टुंगो लाग्नेछ । 
६ टिम सहभागी प्रतियोगितामा रुपन्देहीमात्र अपराजित टिम हो ।

सत्प्रतिशत नतिजाबाट रुपन्देही प्लेअफमा पुगिसकेको छ । यो खेलमा विजयी भएमात्र धनगढीले प्लेअफका लागि चुनौती दिने छ । यो खेलमा पराजित भए २ अंकसहित लिगको पुछारमा रहेको धनगढी बाहिरिने छ ।

८ अंकसहित रुपन्देही शीर्ष स्थानमा रहँदा ६ अंकबाट दोस्रो स्थानमा रहेको विराटनगर किंगस पनि प्लेअफमा पुगेको छ । रन रेटमा काठमाडौं गोल्डेन्स पनि प्लेअफमा पुगेको छ ।

सीवाइसी अत्तरिया र कञ्चनपुरको समान ४–४ अंक छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ