arrow

नेपालीहरु १० वर्ष पछि काम गर्न विदेश जानु नपर्ने !

  आउँदो वर्ष १० खर्ब भित्र्याउने लक्ष्य 

logo
प्रकाशित २०७४ वैशाख ४ सोमबार
pandit-and-tejas1.png

काठमाडौं । उद्योग मन्त्रालयले अबको १० वर्ष पछि कोही पनि नेपाली कामदारको रुपमा विदेश जान नपर्ने महत्वाकांक्षी लक्ष्य सहितको योजना सार्वजनिक गरेको छ । उद्योग मन्त्रालयमा सोमबार आयोजित कार्यक्रममा मन्त्रालयका सहसचिव प्रदीप कुमार कोइरालाले पेश गरेको प्रतिवेदनमा सो लक्ष्य सहितको मन्त्रालयको आगामी वर्षको बजेटको बारेमा जानकारी दिईएको हो । 

 

सो प्रतिवेदनका अनुसार आउँदो सालको आर्थिक वर्षमा कूल ५ वटा विषयलाई प्राथमिकतामा राखेर बजेट तयार पारिएको छ । जसमा नेपाली युवाहरुलाई आगामी १० वर्षभित्र देश भित्रै रोजगारीको अवसर सिर्जना गर्ने, वैदेशिक लगानीका लागि लगानी मैत्री वातावरण निर्माण गर्ने, माइक्रो इन्टरप्राइज लघु उद्यमी (महिला उद्यमी, युवा उद्यमी) विकास गर्ने, औद्योगिक पूर्वाधार विकास गर्ने, समावेशी आर्थिक सम्वृद्धि हाँसिल गर्ने विषय प्राथमिकतामा राखेको उद्योग मन्त्रालयले जनाएको छ ।  

 

त्यस्तै योजनाको प्रथम वर्षमा वैदेशिक लगानी कम्तिमा १० खरव लगानी भित्र्याइने र सोही अनुपातमा प्रत्येक वर्ष वैदेशिक लगानीको रकम वृद्धि गर्दै जाने कार्यक्रमहरु निर्माण गरिने जस अनुरुप १० वर्ष भित्र २५० खरव कूल वैदेशिक लगानी भित्र्याइने योजना मन्त्रालयको रहेको कार्यक्रममा बताईएको छ । 

 

कार्यक्रममा प्रस्तुत प्रतिवेदनमा अन्तर्राष्टिय लगानी सम्मेलनमा प्रतिवद्धता जनाएका परियोजनाहरुमा लगानीकर्ताहरुलाई सहजतापूर्वक लगानी गर्ने वातावरण निर्माण गर्ने लक्ष्य लिईएको छ । लगानी वोर्डको वेवसाइडमा उल्लेख गरिएका परियोजना भित्र पर्ने जलविद्युत, पूर्वाधार, पर्यटन, वन र कृषि पैदावार र खनिज लगायतका उद्योगहरु प्रक्षेपण गर्ने र त्यसमा करिब १ खरब लगानी हुँदा प्रत्यक्ष रोजगारी १८००० सिर्जना हुने अनुमान मन्त्रालयको रहेको छ ।

 

त्यस्तै, अप्रत्यक्ष रुपमा ४५ हजार जनालाई रोजगारी सिर्जना गर्न सकिने अनुमान मन्त्रालयको छ । पहिलो वर्षको लगानी हुँदा यस बर्षमा करिब १ खरब लगानीबाट प्रत्यक्ष रोजगारी ५००० र सोही अनुपातमा अप्रत्यक्ष रोजगारी सिर्जना हुने र यसबाट समष्टीमा करिब ५० हजार जनाले प्रत्यक्ष रोजगारी पाउने अनुमान गरिएको उद्योग मन्त्रालयले जनाएको छ ।

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ