arrow

संजय दत्त पक्राउ पुर्जी अदालतबाट रद्द, के हो नूरानी प्रकरण ?

logo
प्रकाशित २०७४ वैशाख ४ सोमबार
Sanjay-Dutt.jpg

एजेन्सी। अभिनेता संजय दत्तले अन्धेरी अदालतबाट ठुलो राहत पाएका छन्। अदालतले शकील नूरानी प्रकरणमा उनलाई पक्राउ पुर्जी रद्द गरिदिएको छ। अन्धेरी अदालतमा दत्तका वकीलले अभिनेता अदालतमा सधै आउन नसक्ने भन्दै नआउन माग गरेका थिए । तर अदालतले सो मागलाई खारेज गर्दै हरेक सुनवाईमा दत्त हाजिर हुनु पर्ने आदेश दिएको छ ।  सोमवार भएको सुनवाईमा  ५०० भारतिय रुपैँया पेनल्टी दिएर पक्राउ पुर्जी रद्द भएको हो । सो बिषयमा पुन : सुनवाई  २९ अगस्टमा हुनेछ। 

 

सजयले भोग्दै गरेको यो प्रकरण १५ बर्ष पुरानो हो । सन् २००२ मा शकील नूरानी 'जान की बाजी' नामक चलचित्र बनाउदै थिए। उनले सो चलचित्रको लागि अभिनेता संजय दत्तलाई पचास लाख भारतिय रुपैया दिएर चलचित्रमा समझौता गरे। चलचित्रको सुटिङ चलिरहेको समय अचानक संजयले चलचित्रमा नखेल्ने बताउदै बिचैमा छोडिदिए।  संजय दत्तले चलचित्र छोडेसँगै निर्माता शकील नूरानीलाई करीब पाँच करोड भारतिय रुपैयाको नोक्सानी भएको थियो । सो कुराबाट नूरानी  निकै दुखि थिए। 

 

त्यसपछि शकील नूरानीले संजय दत्तलाई सम्पर्क गर्दा संजयले उनलाई मार्ने धमकी दिएको आरोप रहेको छ। नूरानीले संजयले आफुलाई अन्डरवर्ल्डका मानिसहरुबाट पनि धम्कि दिएको आरोप लगाएका छन्। संजयको सो हर्कत पछि नूरानीले कानूनको सहारा लिएर संजय बिरुद्ध मार्ने धम्कीको उजुरी दिएका थिए। जसको आधारमा २०१३ मा अन्धेरी मेट्रोपोलिटियन कोर्टले संजय दत्त बिरुद्ध वारेन्ट जारी गरेको छ। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ