arrow

ट्रम्पले विदेशी कामदार नियन्त्रण गर्ने कार्यकारी आदेशमा गरे हस्ताक्षर

logo
प्रकाशित २०७४ वैशाख ६ बुधबार
dronaldtrumps.jpeg

ह्वाइटहाउस । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विदेशी कामदारलाई नियन्त्रण गर्ने कार्यकारी आदेशमा हस्ताक्षर गरेका छन् । यसले अमेरिकामा उच्च स्तरको क्षमतायोग्य जागिरमा विदेशी रोक्नेछ ।

यो हस्ताक्षरसंगै ‘एच वन भिसा’ कार्यक्रमको समीक्षा पनि सुरु हुनेछ । 

ट्रम्पले अमेरिकी जनताको काम विदेशी कामदारको भागमा गइरहेको भन्दै त्यसलाई रोक्नै पर्ने अडानसहित यो कदम चालेको प्रतिक्रिया दिएका छन् । 

विभिन्न कम्पनीले कम तलब दिएर विदेशीलाई काममा राखेकाले ठूलो संख्यामा अमेरिकीले काम पाउनबाट बञ्चित भएको ट्रम्पको निष्कर्ष छ । 

यसले कथित बाइ अमेरिका र हायर अमेरिकामा पनि परिवर्तन आउने ट्रम्पको विश्लेषण छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ