arrow

चर्को शुल्क असुल्ने निजी विद्यालयमाथि कारबाही गर्ने क्रान्तिकारी विद्यार्थीको चेतावनी

logo
प्रकाशित २०७४ वैशाख ६ बुधबार
krantikari_press_release.jpg

काठमाडौं । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीको विद्यार्थी संगठन अनेरास्ववियु क्रान्तिकारीले निजी विद्यालयले महंगो शुल्क असुल्न नरोके भौतिक कारबाहीमा उत्रने चेतावनी दिएको छ । संगठनको केन्द्रीय सचिव तथा उपत्यका ब्यूरो संयोजक राम बहादुर विकले विद्यार्थीहरुबाट चर्काे शुल्क असुल्ने संस्थालाई कारबाही गर्नै चेतावनी दिए । 

 

विकले बुधबार एक विज्ञप्ती समेत जारी गर्दै निजी क्षेत्रले दादागिरी देखाईरहँदा पनि सरकार मुकदर्शक बसेको आरोप लगाएका छन् । उनले क्रान्तिकारीले पटकपटक नेपालको शैक्षिक क्षेत्रको सुधारको अघि सारेको माग पूरा नगरेको भन्दै सो माग अबको एक साता भित्र पूरा नगरिए कडा आन्दोलनमा उत्रिने चेतावनी समेत दिएको छ । 

 

दलीय सिण्डीकेटका कारण नेपालको सबैभन्दा ठूलो संस्था त्रिभुवन विश्वविद्यालय समेत विघटनको संघारमा पुगेको आरोप समेत क्रान्तिकारीको छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ