arrow

भेनेजुएलामा राजनीतिक संकट, सरकारविरोधी प्रदर्शनमा गोली प्रहार

दुई जनाको मृत्यु, दर्जनौं घाइते 

logo
प्रकाशित २०७४ वैशाख ७ बिहिबार
venezuela-protests.jpg

काराकास । भेनेजुएलामा राजनीतिक संकट चुलिएको छ । सरकारविरोधी प्रदर्शनमा सरकारले गोली चलाउँदा कम्तीमा दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा एक किशोर र एक महिला हुन् । 


देशभरमै राष्ट्रपति निकोलस माडुरोको विरोधमा भएको प्रदर्शनमा उनीहरुको मृत्यु भएको हो । किशोरको राजधानी काराकासमा र महिलाको कोलम्बियाको बोर्डर नजिक सान क्रिष्टोबालमा मृत्यु भएको हो । 

लाखौं नागरिक सरकारविरोधी आन्दोलनमा सडकमा ओर्लिएका थिए । 

राष्ट्रपति माडुरोले विपक्षीहरु प्रहरीलाई आक्रमण गर्न आएको र पसलहरु लुटपाटमा संलग्न भएकाले कार्वाही गर्नुपरेको जनाएका छन् । उनले ३० बढी प्रदर्शनकारीलाई पक्राउ गरिएको जनाएका छन् । 

विश्वकै सबैभन्दा बढी तेल रहेको भेनेजुएला भने वर्षौंदेखि विविध अभावमा रुमलिइरहेको छ । 
clash 19/4

maduro supporters

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ