arrow

मोर्चालाई खुशी पार्नेगरी स्थानीय तहको संख्या थप हुन्छ : थापा

logo
प्रकाशित २०७४ वैशाख १० आइतबार
kamal-thapa-new-aa.jpeg

विराटनगर । उपप्रधान एवं स्थानीय विकासमन्त्री कमल थापाले मधेशी मोर्चासँग भएको समझदारीले मुलुकको राजनीतिमा नयाँ अध्याय शुरु भएको बताएका छन् । 

 

राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल मोरङले विराटनगरमा आइतबार बिहान गरेको पत्रकार सम्मेलनमा बोल्दै राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष समेत रहेका उपप्रधानमन्त्री थापाले मोर्चासँग भएको समझदारीले शान्ति, स्थायित्व र प्रजातन्त्रको सृदिढीकरण र मुलुकको विकासमा थप बल पुगेको बताए ।

 

मधेशी मोर्चासँग भएको समझदारीले राष्ट्रिय राजनीतिमा कोशेढुंगा सावित भएको भन्दै उनले समझदारीले संविधान कार्यान्वयन गर्न र निर्वाचनको सुनिश्चितता बढाएको दावी गरे ।   

 

उनले दलहरुको सहमति अनुसार संसदबाट संविधान संशोधन प्रस्ताव पारित गराउन सरकारले हरसम्भव प्रयास गर्ने बताए । उनले सरकार र मधेशीवादी दलबीच भएको सहमति कायम गर्न प्रमुख प्रतिपक्षी दल एमालेलाई पनि साथमा लिएर अघि बढ्न बताए ।

 

मधेशी मोर्चा निर्वाचनमा सहभागी भए आफू बाधक नबन्ने एमालेले भनिसकेकाले दलहरुको सहमति मै संविधान संशोधन हुने उनको भनाई थियो ।उनले मोर्चाको मागलाई सम्वोधन गर्न तराई मधेशका जिल्लाहरुमा स्थानीय तहको संख्या थपहुने प्रष्ट पारे । दलहरुबीचको सहमतिले  हिमाल, पहाड, तराई, मधेश सवैतिर निर्वाचनका लागि सहज वातवरण बनेको उनको भनाई थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ