arrow

मन्त्रिपरिषदको निर्णय : वैशाख ३१ र जेठ ३१ मा गरी दुई चरणमा निर्वाचन

logo
प्रकाशित २०७४ वैशाख १० आइतबार
cabinet-naya-news-aa.jpeg

काठमाडौं । सरकारले स्थानीय तहको निर्वाचन दुई चरणमा गर्ने निर्णय गरेको छ । आइतबार बसेको मन्त्रिपरिषद् बैठकले वैशाख ३१ गते पहिलो चरणको र जेठ ३१ गते दोस्रो चरणको निर्वाचन गर्ने निर्णय गरेको हो ।

पहिलो चरणमा ३,४ र ६ नम्बर प्रदेशको र १, २, ५ र ७ दोस्रो चरणमा गर्ने निर्णय गरेको छ । यस्तै, बैठकले निर्वाचनका कार्यक्रम नसार्न निर्वाचन आयोगलाई आग्रह गरेको छ ।

बैठकले व्यवस्थापिका संसदमा विचाराधिन रहेको संविधान संशोधन विधेयक पारित गर्ने, संशोधन विधेयक पारित गर्न प्रमुख विपक्षीसहितका दलहरुसँग छलफल गर्ने र संयुक्त लोकतान्त्रि मधेसी मोर्चा एवं संघीय गठबन्धनले गरिरहेका आन्दोलन स्थगित गर्न लगाउने निर्णय समेत गरेको यातायातमन्त्री रमेश लेखकले जानकारी दिए ।

जेठ १५ गतेभित्र सरकारको नीति तथा कार्यक्रम ल्याउनु पर्ने संवैधानिक व्यवस्थाबारे के गर्ने भन्नेमा भने मन्त्री लेखकले केही भनेनन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ