arrow

अनुमति नलिई ११ विद्यालय सञ्चालनमा, भर्ना नगर्न जिशिअको आग्रह

logo
प्रकाशित २०७४ वैशाख ११ सोमबार
education.jpeg

सल्यान । जिल्लामा अनुमति नलिएर ११ विद्यालय सञ्चालनमा रहेको पाइएको छ । 

जिल्लाका विभिन्न स्थानमा प्राथमिक तहका निजी विद्यालय अनुमति नलिएर सञ्चालन भइरहेको जिल्ला शिक्षा कार्यालय सल्यानले जनाएको छ । 

अनुमति नपाएका कक्षामा विद्यार्थीलाई पढाउँदा त्यसको मान्यता नहुने भएकाले विद्यार्थीलाई समस्या हुने जिल्ला शिक्षा कार्यालय सल्यानले जनाएको छ ।

‘विद्यालय सञ्चालनका लागि पूरा गर्नुपर्ने सबै प्रक्रिया पूरा नगर्ने र तल्लो कक्षाको अनुमति लिएर माथिल्लो कक्षा सञ्चालन गर्ने प्रवृत्ति देखिएको छ । यसलाई रोक्न विशेष पहल गरेका छौँ ।’ जिल्ला शिक्षा अधिकारी देवीप्रसाद सुवेदीले भने । 

अनुमति नलिई सञ्चालन भएका विद्यालयलाई १५ दिनभित्र विद्यालय बन्द गर्न निर्देशन दिइसकेको जिल्ला शिक्षा अधिकारी सुवेदीले बताए । 

जिल्लाका विभिन्न १८ निजी विद्यालयले तल्लो कक्षाको अनुमति लिएर माथिल्लो कक्षा सञ्चालन गरिरहेको पाइएको छ । 

यस शैक्षिक शत्रदेखि एक बिद्यालयले पनि अनुमति नलिएर कक्षा पढाएको पाइएमा उसको कारबाही स्वरुप अनुमति खारेजीसम्म गरिने जिल्ला शिक्षा कार्यालय सल्यानले जनाएको छ । 

अनुमति बिना सञ्चालन रहेका विद्यालयमा बालबालिकालाई भर्ना नगर्नसमेत अभिभावकलाई जिशिअ सुवेदीले अनुरोध गरे । 

निजी स्कुल भन्ने बित्तिकै अभिभावक शिक्षक कस्ता छन् ? अनुमति लिएको छ कि छैन ? भौतिक संरचना कस्तो छ ? कुनै ख्यालै नगरेर भर्ना गर्न हतार गर्छन् जसले आफ्नो बालबालिकाको भविश्य अन्धकार भएको थाहै पाउँदैनन् । रासस 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ